नर्दन टेरिटोरीसँग खेल्न पौडेलको कप्तानीमा ११ सदस्यीय नेपाली टोलीको घोषणा
काठमाडाैँ । अस्ट्रेलियामा हुने टप एण्ड टी–ट्वान्टी सिरिजमा अस्ट्रेलियासँग खेल्ने सुरुवाती ११ खेलाडी टुङ्गो लगाएको छ ।
नेपाले आफ्नो पहिलो खेलमा शुक्रबार नेपाली समयअनुसार २:१५ अस्ट्रेलियाको स्थानीय टिम नर्दन टेरिटोरी स्ट्राइकको सामना गर्दैछ ।
यस सिरिजमा विभिन्न ११ टोलीको सहभागिता रहेको छ । सिरिजमा सहभागी रहने अन्तर्राष्ट्रिय टोलीमा नेपालको राष्ट्रिय टोली, पाकिस्तान ‘ए’, बङ्गलादेश ‘ए’ र अमेरिकाको माइनर लिग विजेता सिकागो किंग्सम्यान छन् ।
त्यसैगरी, सिरिजमा अस्ट्रेलियाका बिगबास लिग (बीबीएल) को हर्बट हरिकेन्स, पर्थ स्कोर्चर्स, एडिलेड स्ट्राइकर, मेलबर्न स्टार तथा मेलबर्न रेनेगड्सका टोलीका एकेडेमी टोलीलगायतको सहभागिता रहनेछ ।
नेपालले समूह चरणमा ६ खेल खेल्नेछ । लिग चरणको शीर्ष चार रहने टोलीका बीचमा सेमिफाइनल भिडन्त हुनेछ । त्यसैगरी, नेपालले आफ्नो दोस्रो खेल अगस्त १६ मा बङ्गलादेशको ‘ए’ टोली विरुद्ध खेल्नेछ । नेपालले तेस्रो खेल अगस्त १८ तारिखमा मेलबर्न स्टार्सविरुद्ध खेल्ने छ भने चौथो खेल अगस्त १९ तारिखमा होबार्ट हुरिकेन्सविरुद्ध खेल्नेछ ।
त्यसैगरी, पाँचौँ खेल अगस्त २० तारिखमा मेलबर्न रेनेगेड्सविरुद्ध खेल्ने छ भने अन्तिम लिग खेल अगस्त २२ तारिखमा पाकिस्तान शाहिन्सविरुद्ध खेल्नेछ । नेपालले यो प्रतियोगिता आउँदो अक्टोबरमा हुने आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीस्वरुप खेल्न लागेको क्यानले जनाएको छ ।
नेपाल क्रिकेट संघ(क्यान)ले रोहित कुमार पौडेलको कप्तानीमा ११ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ ।
नेपाली टोली
रोहित कुमार पौडेल(कप्तान), दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, गुलसन झा, रुपेस कुमार सिंह, सोमपाल कामी,लोकेस बम,साहब आलम
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण