‘क्लाउड ब्रष्ट’को घटनामा पाकिस्तान प्रशासित कश्मीरमा आठ जनाको मृत्यु
इस्लामावाद । पाकिस्तान प्रशासित कश्मीरमा बिहीबार ‘क्लाउड ब्रष्ट’ (मुसलधारे वर्षा भएको अवस्था) पछि आएको बाढीका कारण कम्तीमा आठ जनाको मृत्यु भएको छ । अरू सयौँ पर्यटक अलपत्र परेको बताइएको छ । बीबीसी उर्दूका अनुसार वर्षा र क्लाउड ब्रष्टपछि एकै परिवारका छ जनाको मृत्यु भएको छ । उद्धारकर्मीहरूले एक श्रीमान्, श्रीमती र तीन बालबालिकाको शव निकालेका छन् । अर्को एक बालिकाको खोजी अझै जारी भएको बताइएको छ ।
भारी वर्षाका कारण मुजफ्फराबाद, नीलम बाग, नीलम उपत्यका र झेलम उपत्यका जिल्लाका सबै विद्यालयहरूमा बिदा घोषणा गरिएको छ । प्रभावित परिवारहरूलाई विद्यालय भवनहरूमा सार्न आदेश दिइएको छ । पहिरोका कारण कश्मीरलाई इस्लामाबादसँग जोड्ने कोहला र एबोटाबाद घाटहरू बन्द गरिएका छन् । नीलम बाग जिल्ला पनि स्थलमार्गको पहुँचबाट वञ्चित भएको छ । महिला र बालबालिका सहित पाँच सय भन्दा बढी पर्यटक पर्यटकीय गन्तव्य नीलम उपत्यकाको शिविरमा फसेका छन् ।
खैबर पख्तुनख्वा पनि २३ जनाको मृत्यु
पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको तल्लो दिरमा मुसलधारे वर्षा र अचानक आएको बाढीका कारण पाँच जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । बाजौर जिल्लाको सलारजाई तहसीलमा बादल फाट्दा १६ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बाजौरका उपायुक्त शाहिद अलीले मिडियालाई बताएअनुसार अहिलेसम्म १६ जनाको शव निकालिएको छ भने ३ जना घाइतेलाई उपचारका लागि खार जिल्ला मुख्यालय अस्पताल पठाइएको छ । खैबर पख्तुनख्वाको मानसेहरा क्षेत्रमा अचानक आएको बाढीमा एउटा कार बगाएको छ । यसमा दुई जनाको मृत्यु भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण