प्रेम सेनले ल्याए सुनिता थेगिमसँगको सहकार्यमा ‘म्याङ्लुङ बजार’
सारांश
- गायक प्रेम सेनले गायिका सुनिता थेगिमसँगको सहकार्यमा 'म्याङ्लुङ बजार' बोलको नयाँ गीत ल्याएका छन्।
- यो गीतले तेह्रथुमको म्याङ्लुङ बजारलाई सम्झाउँदै मायाप्रेमको भावनालाई दर्शाउँछ, जसमा गायक स्वयंको शब्द र संगीत रहेको छ।
- गीतको भिडियोमा दिनेश पराजुलीको छायांकन, पुनम चौधरीको मेकअप र विकास धमलाको सम्पादन रहेको छ, र सेनले अब नियमित गीत सार्वजनिक गर्ने बताएका छन्।
काठमाडौँ । गायक प्रेम सेनले नयाँ गीत ‘म्याङ्लुङ बजार’ ल्याएका छन् । गायिका सुनिता थेगिमसँग गायनमा सहकार्य गरी उनले लामो समयपछि गीत ल्याएका हुन् ।
पूर्वेली भाकाको यो गीतले पहाडी जिल्ला तेह्रथुम सदरमुकाम म्याङ्लुङ बजारलाई सम्झाउँदै मायाप्रेम दर्शाउँछ । प्रेमभावको यो गीतमा गीतमा गायक प्रेमकै शब्द तथा संगीत छ ।
तीनजुरे डाँडा रमाइलो गुराँस फुल्यो झलल
नौडाँडा काटी आएको हजुरकै माया सम्झेर
आ है बसमा सरर
भेट्न आउँला म्याङ्लुङ बजार
तेह्रथुममुनि सल्लेरी माया छ हजुर मनभरि
टाढाको माया गाढा भो मन बुझाऊँ मैले कसरी
आ है बसमा सरर
भेट्न आउनु म्याङ्लुङ बजार
गायक-गायिका स्वयं फिचर्ड गीतको भिडियोलाई दिनेश पराजुलीको छायांकन, पुनम चौधरीको मेकअप र विकास धमलाको सम्पादन तथा कलर संयोजन छ । गीतलाई राजु कार्कीले एरेन्ज गरेका हुन् भने ए वान म्युजिसियन स्टुडियोमा राजेश श्रेष्ठले रेकर्डिङ र किशोर थापाले मिक्सिङ गरेका हुन् ।
‘विभिन्न व्यक्तिगत कारण र गीतकै तयारीमा केही समय लाग्दा अलि लामै ग्यापपछि गीत ल्याएको हुँ,’ गायक सेनले रातोपाटीसँग भने, ‘अब नियमित रुपमा गीत सार्वजनिक गर्ने सोचमा छु । यसपटक पूर्वेली भाकाको गीत ल्याएको हुँ ।‘
पश्चिमका लोकदोहोरी गीतको बजार राम्रो भइरहेको बेला पूर्वेली गीतलाई पनि फेरि एकपटक चिनाउने प्रयास गरेको उनले बताए ।
लामो समय शास्त्रीय संगीतको औपचारिक प्रशिक्षण समेत लिएर डेढ दशकभन्दा बढी समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय प्रेमका यसअघि सानी, तिम्रो पाउजु, आऊ गाऔं, तिमीले लाको चौबन्दी लगायत गीत रुचाइएका थिए ।
गीत 'प्रेम सेन' युट्युब च्यालनमा सार्वजनिक गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण