यस्तो बन्यो मुख्यमन्त्री बानियाँको टिम
सारांश
- इन्द्रबहादुर बानियाँले बागमती प्रदेश सरकारलाई पूर्णता दिएका छन्, जसमा ५ मन्त्री थपिएका छन्।
- मुख्यमन्त्री बानियाँले साउन २० मा ९ मन्त्री नियुक्त गरेका थिए र मन्त्रालयको भागबण्डा मिलाएका थिए।
- नयाँ मन्त्रीहरूले विभिन्न मन्त्रालयको जिम्मेवारी पाएका छन्, जसमा एमाले र कांग्रेसका मन्त्रीहरू छन्।
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सरकारलाई पूर्णता दिएका छन् । गत साउन २० मा कांग्रेस एमालेको गठबन्धनबाट सरकारको नेतृत्व लिएका मुख्यमन्त्री बानियाँले मन्त्रिपरिषद्मा शुक्रबार ५ मन्त्री थप गर्दै सरकारलाई पूर्णता दिएका हुन् ।
मुख्यमन्त्री बानियाँले साउन २० मा नै प्रदेश सरकारका ९ मन्त्री नियुक्त गरेका थिए । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिमको सरकारको नेतृत्व गरेका उनले एमालेबाट ६ र कांग्रेसबाट ३ मन्त्री नियुक्त गरेका थिए । प्रदेशको १४ मन्त्रालय मध्ये मुख्यमन्त्री सहित कांग्रेसले ८ र एमालेले ६ मन्त्रालय पाउने सहमति रहेको थियो ।
सोही अनुसार शुक्रबार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मुख्यमन्त्री बानियाँको सिफारिसमा मन्त्रिपरिषद् पुनर्गठन, विस्तार एवम् कार्य विभाजन गरेका थिए भने नवनियुक्त ५ मन्त्रीको शपथ समेत गराएका थिए । नेपालको संविधानको धारा १७२ तथा मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा १४ बमोजिम प्रदेश प्रमुख देवकोटाले नवनियुक्त मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ गराएका थिए ।
जसअनुसार मुख्यमन्त्री बानियाँको टिममा एमालेबाट मधुसूधन पौडेलले कृषि तथा पशुपन्छी विकास मन्त्रालय, किरण थापामगरले स्वास्थ्य मन्त्रालय, डा. दिनेशचन्द्र देवकोटाले भौतिक पूर्वाधार विकास मन्त्रालय, जयराम थापाले श्रम, रोजगार तथा यातायात मन्त्रालय, बिन्दु श्रेष्ठले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, भरत बहादुर केसीले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
त्यस्तै कांग्रेसबाट मन्त्री बनेका शिवराज अधिकारीले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, उर्मिला नेपालले युवा तथा खेलकुद मन्त्रालय, कन्चन चन्द्र वादेले सामाजिक विकास मन्त्रालय, प्रभात तमाङले आर्थिक मामिला तथा योजना मन्त्रालय, सुरेश श्रेष्ठले संस्कृति तथा पर्यटन मन्त्रालय, कृष्ण कुमार तामाङले खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, विनु रायमाझी पौडेलले सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण