कुवेतस्थित नेपाली दूतावासको आग्रह : घातक खाद्य तथा पेय पदार्थ सेवनबाट टाढा रहनुहोस्
काठमाडौँ । कुवेतमा विषादीयुक्त मदिरा सेवनका कारण करिब ३५ जना नेपाली नागरिक अस्पताल भर्ना भएका छन् । तीमध्ये केहीको मृत्यु भएको र केहीको अवस्था गम्भीर रहेको कुवेतस्थित नेपाली दूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।
दूतावासका अनुसार घटना सार्वजनिक भएपछि राजदूतसहितका कर्मचारीले तुरुन्त विभिन्न अस्पताल पुगेर उपचाररत नेपालीहरूको अवस्थाबारे जानकारी लिएका छन्। दूतावासले कुवेतको स्वास्थ्य मन्त्रालय र सम्बन्धित अस्पतालसँग निरन्तर सम्पर्कमा रहँदै उचित उपचारका लागि समन्वय गरिरहेको जनाएको छ ।
दूतावासले मृतकप्रति गहिरो समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। साथै, स्वास्थ्यका लागि घातक र जोखिमपूर्ण खाद्य तथा पेय पदार्थको सेवनबाट टाढा रहन दूतावासे विशेष आग्रह गरेको छ ।
विषाक्त मदिरा सेवनका कारण तीन दिनको अवधिमा ९ जनाको मृत्यु भएको नेपाली दूतावास कुवेतका श्रम सहकारी गिरीप्रसाद आचार्यले शुक्रबार रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण