बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
शान्ति पछ्याउँदै ट्रम्प–पुटिन वार्ता, तस्बिरहरू हेर्नुहोस्
ट्रम्प-पुटिन वार्ता

शान्ति पछ्याउँदै ट्रम्प–पुटिन वार्ता, तस्बिरहरू हेर्नुहोस्

शनिबार, ३१ साउन २०८२

अलास्का । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच अलास्कामा सम्पन्न वार्ता युद्धविराम घोषणाबिना नै टुङ्गिएको छ। 

trump putin summit (2)

संयुक्त पत्रकार सम्मेलनपछि ट्रम्प एयर फोर्स वनमार्फत वासिङ्टन डिसी फर्किएका छन् भने पुटिन पनि मस्को तर्फ लागेका छन् ।

trump putin summit (6)

वार्तापछि पुटिनले युक्रेन युद्धलाई ‘दुःखद घटना’ भन्दै यसलाई अन्त्य गर्न आफू ‘गहिरो चासो राख्ने’ बताइए पनि, उनले युद्धका ‘मूल कारणहरू’ समाप्त गर्न आवश्यक रहेको दोहोर्‍याए। उनले युक्रेन र युरोपलाई वार्तामा ‘बाधा नपुर्‍याउन’ चेतावनी दिए। 

trump putin summit (1)

पुटिनले यस भेटलाई ‘समाधानको सुरुवाती बिन्दु’ भन्दै, ट्रम्पसँगको सम्बन्धलाई ‘व्यावसायिक’ बताएका छन्। उनले ट्रम्पको ‘यदि २०२० को चुनावपछि उनी राष्ट्रपति रहन्थे भने युद्ध सुरु नै हुने थिएन’ भन्ने दाबीसँग सहमति जनाएका छन्।

trump putin summit (11)

ट्रम्पले भने वार्तामा ‘धेरै बुँदामा सहमति’ भए पनि ‘केही महत्त्वपूर्ण बुँदा’ अझै बाँकी रहेको बताएका छन्। उनले ‘सबैभन्दा महत्त्वपूर्ण’ एउटा विषयमा सहमति हुन नसकेको जनाए, पनि त्यसलाई खुलाएनन्।

trump putin summit (8)

ट्रम्प र पुटिन करिब १० मिनेटसम्म मञ्चमा सँगै उभिएर सम्बोधन गरेका थिए। दुवैले वार्तामा प्रगति भएको जनाए पनि ठोस सम्झौतामा पुग्न सकेनन्। ट्रम्पले चाँडै युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलिन्स्की र युरोपेली नेताहरूसँग सम्पर्क गर्ने बताएका छन्।

trump putin summit (9)

वार्ताको अन्त्यमा ट्रम्पले पुटिनसँग ‘सायद छिट्टै फेरि भेट हुने’ बताए भने, पुटिनले जवाफमा भने, ‘अर्को भेट मस्कोमा’ हुने बताए।

trump putin summit (3)trump putin summit (4)trump putin summit (5)trump putin summit (7)trump putin summit (10)

सबै तस्बिर : रोयटर्स

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया