झलनाथ र खड्गबहादुर विश्वकर्माबिच के–के विषयमा छलफल भयो ?
सारांश
- पूर्वप्रधानमन्त्री झलनाथ खनाल र प्रवक्ता खड्गबहादुर विश्वकर्माबीच राजनीतिक अवस्थाबारे छलफल भयो।
- छलफलमा देशको जटिल अवस्था, कम्युनिस्ट आन्दोलनका समस्या र आगामी कार्यदिशाबारे निष्कर्ष निकालियो।
- एमसीसीमा दलालहरूको सक्रियताप्रति चिन्ता व्यक्त गर्दै ठोस योजना बनाउनुपर्नेमा सहमति भयो।
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल र नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माबिच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको छ ।
खनाल निवास डल्लुमा आइतबार भएको छलफलमा देशको पछिल्लो राजनीतिक अवस्था, कम्युनिस्ट पार्टीभित्र देखिएको समस्या र आगामी कार्यदिशाबारे छलफल भएको विश्वकर्माले जानकारी दिए ।
‘छलफलबाट हामीले तीनवटा विषयमा साझा निष्कर्ष निकालेका छौँ । पहिलो देशको स्थिति निकै जटिल अवस्थामा छ । दोस्रो नेपालका कम्युनिस्ट आन्दोलनभित्र समस्या बढेर गएको छ । श्रमिक, मजदुर, किसान वर्ग अझै कम्युनिस्टकै पक्षमा छन् । गम्भीर समस्याबाट पार लगाउन पुनर्गठन गर्नुपर्छ भन्ने निष्कर्ष निकालेका छौँ । तेस्रो कम्युनिस्ट आन्दोलनको आगामी लाइन समाजवादी क्रान्ति नै हो । त्यसका लागि इमानदार कम्युनिस्टहरू एकताबद्ध भएर जानुपर्छ भन्नेमा साझा सहमति भएको छ’, रातोपाटीसँग विश्वकर्माले भने ।
यस्तै निष्क्रिय रहेको एमसीसीमा दलालहरूको सक्रियता र अनुनय विनयमा फेरि सक्रिय बनाउन खोजिएकोप्रति गम्भीर हुँदै आगामी दिनमा त्यसविरुद्ध ठोस योजना बनाएर जानुपर्नेमा एकमत भएको उनले जिकिर गरे ।
यद्यपि दुई पार्टीबिच एकताको विषयमा कुनै छलफल नभएको उनले दाबी गरे । पार्टी एकताका लागि एकीकृत समाजवादीमा आन्तरिक जटिलता रहेको उनले स्पष्ट पारे । तर सचेततापूर्वक सबै इमानदार कम्युनिस्ट पार्टीहरू एक भएर जाने विषयमा सकारात्मक कुरा भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा तत्काल सरकार सुरक्षित, काठमाडौँ जाँदै मुख्यमन्त्री
-
ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति जापानस्थित रास्वपा प्रवास विभागको आपत्ति
-
मिटरब्याज पीडितलाई सरकारले धोका दियो : अध्यक्ष ओली
-
डेढ घण्टापछि चल्न थाल्यो फेसबुक
-
ओलीको आरोप : बालेन सरकार हत्याहिंसा, तोडफोड र आगजनीबाट बनेको हो
-
अहिलेको राजनीति दिशाहीन र थितिविहीन छ : ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण