इटली पुगेकी गाजाकी कुपोषित महिलाको मृत्यु
सारांश
- गाजाकी एक २० वर्षीया महिलाको इटालीमा उपचारका क्रममा निधन भयो।
- उनी कुपोषणबाट ग्रसित थिइन् र इटली सरकारको योजनाअन्तर्गत उपचारका लागि गएकी थिइन्।
- संयुक्त राष्ट्रसङ्घले गाजामा कुपोषण फैलिएको चेतावनी दिइरहेको छ।
रोम । उपचारका लागि इटली पुगेकी गाजाकी एक महिलाको निधन भएको छ । २० वर्षकी ती महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेमा मराह अबु जुह्री भएको बताइएको छ । बुधबार रातिको उडानबाट उनी आफ्नो आमाको साथमा इटली सरकारको योजनाअन्तर्गत उपचारका लागि पिसा पुगेकी थइन् ।
जुह्रीलाई कार्डियाक अरेस्ट भएको अनि इटली आइपुगेको ४८ घण्टा पनि नपुग्दै उनको मृत्यु भएको युनिभर्सिटी हस्पिटल अफ पिसाले भनेको छ ।
कुपोषणका कारण महिलाको तौल र मांसपेशी निकै घटेको अस्पतालले भनेको छ । उनी चरम कुपोषणबाट ग्रसित रहेको बताइएको छ । संयुक्त राष्ट्रसङ्घ (युएन)ले बारम्बार गाजामा कुपोषण फैलिएको चेतावनी दिइरहेको छ ।
गएको महिना मात्रै युएन समर्थित विज्ञहरूले गाजा भोकमरीको चरम अवस्थामा रहेको चेतावनी दिएका थिए । तर इजरायलले भने गाजामा भोकमरी छ भन्ने कुरा अस्वीकार गर्दै आएको छ । बरु युएन एजेन्सीहरूले नै सीमामा सहायता सामग्री नउठाएको अनि गाजाबासीलाई यी सामान नदिएको आरोप लगाइरहेको छ ।
इजरायलले गाजामा युद्ध सुरु गरेयता इटलीमा १८० भन्दा धेरै बालबालिका र वयस्क ल्याइएको छ । यो हप्ता मात्रै रोम, मिलान र पिसामा ३१ जना बिरामी र तिनका साथी आइपुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण