मानव अङ्ग प्रत्यारोपण सम्बन्धी कानुनलाई खुकुलो बनाउन सकिँदैन: मन्त्री पौडेल
सारांश
- स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मानव अङ्ग प्रत्यारोपणसम्बन्धी कानुन खुकुलो बनाउँदा विकृति बढ्नसक्ने बताए।
- ललितपुरमा आयोजित रक्तदान कार्यक्रममा मन्त्री पौडेलले नेपालमा प्रत्यारोपणका लागि पर्याप्त अङ्ग नभएको जानकारी दिए।
- मन्त्री पौडेलले मानव अङ्ग प्रत्यारोपणलाई सहज बनाउँदा विकृति आउन सक्ने बताएका हुन्।
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मानव अङ्गहरू प्रत्यारोपण सम्बन्धी कानुनलाई खुकुलो बनाउँदा विकृति बढ्नसक्ने बताएका छन् ।
आज ललितपुरमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले आयोजना गरेको ग्लोबल मेगा रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै उनले मानव अङ्गहरू प्रत्यारोपण सम्बन्धी कानुनलाई खुकुलो बनाउँदा विकृति बढ्नसक्ने भएकाले खुकुलो बनाउन नसकिने बताएका हुन् । नेपालमा मिर्गौला, आँखा लगायतका प्रत्यारोपण गर्न मिल्ने ६ वटा मानव अङ्गहरू पर्याप्त मात्रामा प्राप्त हुने स्थिति नरहेको उनले बताए ।
उनले यदि मानव अङ्ग प्रत्यारोपणका लागि सहजै एकले अर्कोलाई दिन मिल्ने कानुन बनाउने हो भने यसले विकृति भित्र्याउने बताए । मान्छेको ब्रेन मरिसकेपछि मृत्यु भएको २४ घण्टाभित्र मानव अङ्गहरू झिकेर अर्को आवश्यक पर्ने व्यक्तिमा प्रत्यारोपण गर्न सकिने गरी इरानमा प्रयोग भइरहेको उनले बताए ।
मन्त्री पौडेलले एउटाले अर्काको सहयोग गर्नु नै मानव धर्म भएको बताए । संस्कारयुक्त संस्कृतिको विकास गर्न जरुरी रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण