लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
सारांश
- सुनसरी, धनकुटा, उदयपुर लगायतका जिल्लाहरूबाट लागूऔषधसहित १३ जना पक्राउ परेका छन्।
- सुनसरीमा ब्राउनसुगरसहित ४ जना, धनकुटामा ट्याब्लेटसहित १ जना, धादिङमा गाँजासहित १ जना पक्राउ परे।
- उदयपुर, बर्दिया, कास्की र झापामा पनि लागूऔषधसहित व्यक्तिहरू पक्राउ परेका छन् र अनुसन्धान जारी छ।
काठमाडौँ । लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ परेका छन् । सुनसरी, धनकुटा, उदयपुर लगायतका जिल्लाबाट १३ जना पक्राउ परेका हुन् । सुनसरीको इनरूवा नगरपालिका–४ बसपार्कबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ १४ ग्राम ३५ मिलिग्रामसहित ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मोरङ सुन्दरहरैँचा नगरपालिका–६ बस्ने ३७ वर्षीय रोशन खड्का, ३२ वर्षीय लालबहादुर विक, धादिङ थाक्रे गाउँपालिका–१० बस्ने ३१ वर्षीय कुमार बिडारी र दोलखा मेलुङ गाउँपालिका–२ बस्ने ३३ वर्षीय राम आछामे रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
त्यस्तै धनकुटाको धनकुटा नगरपालिका–१० उत्तर पानी डेरा गरी बस्ने गरी बस्ने सहिदभूमि गाउँपालिका–६ सुक्याल घर भएका २७ वर्षीय अशोक राईलाई ट्रामोल ६ सय १० ट्याब्लेट, स्पास्पेन ६० ट्याब्लेट, स्पास्मो ९४ ट्याब्लेट र टापेन्टाडोल १० ट्याब्लेटसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी हिलेबाट खटिएको प्रहरीले उनको डेरा कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यता धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ मझिम्टारबाट गाँजा ४ किलो ८ सय ग्राम सहित कास्की पोखरा महानगरपालिका–१५ बस्ने ३२ वर्षीय मिलन परियारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी जोगिमाराबाट खटिएको प्रहरीले काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ८९०० नम्बरको माइक्रोमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
उदयपुरको उदयपुरगढी गाउँपालिका– ७ हाडेबासबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ६८ एम्पुल, डाईजेपाम ७२ एम्पुल र प्रोमेथाजाइन ६७ एम्पुल सहित त्रियुगा नगरपालिका–१० बोक्से बस्ने २३ वर्षीय सुजन राउतलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट हाडेबासबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
त्यस्तै बर्दियाको बढैयाताल गाउँपालिका–७ कण्ठपुरबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँसगढी नगरपालिका–९ माछागढ बस्ने २९ वर्षीय लबिस सुनार र २७ वर्षीय सुशील चन्द रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
त्यसैगरी कास्कीको पोखरा महानगरपालिका–१८ पिपलडालीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८१ ट्याब्लेट सहित सोही महानगरपालिका–१८ लामगाउँ बस्ने २३ वर्षीय अमन श्रेष्ठ समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले ग.१४ प ४६४३ नम्बरको स्कुटर जाँच गर्दा उक्त लागूऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
उता झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ २८ ग्राम ६ सय ९० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ बस्ने २४ वर्षीय रामहरि सिलवाल र २३ वर्षीय सुरेन्द्र सिलवाल रहेका छन् ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीले भारतको पानी ट्याङ्कीबाट काँकरभिट्टातर्फ आउँदै गरेको सिटी सफारीमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण