भारतीय विदेश सचिव मिस्रीले प्रधानमन्त्रीलाई बुझाए भारत भ्रमणको औपचारिक पत्र
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणको लागि औपचारिक निम्तो पाएका छन्।
- भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री मोदीको निमन्त्रणा पत्र हस्तान्तरण गरे।
- भ्रमणको मिति तय हुन बाँकी छ, तर भ्रमण दुई दिनको हुने सम्भावना छ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणका लागि औपचारिक निम्तो पाएका छन् । नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको निमन्त्रणा पत्र प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेको प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले बताए ।
आज बिहान नेपाल भ्रमणमा आएका सचिव मिस्रीले सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेटघाट गर्ने क्रममा सो निमन्त्रणा पत्र बुझाएका हुन् । यद्यपि प्रधानमन्त्री कहिले भारत भ्रमणमा जाने त्यो कुरा अझै टुँगो नलागेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।
प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो, ‘प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने निश्चित भयो अब कहिले जाने त्यो विषयमा दुवै देशका विदेश मन्त्रालयले मिति तय गर्नेछ ।’
यद्यपि भदौ ३१ गते प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने भनी यसअघि नै समाचार सार्वजनिक भइसकेको छ तर त्यसको पुष्टि हालसम्म न भारतीय पक्षले गरेको छ न नेपालले गरेको छ । प्रधानमन्त्री ओली दुई दिनसम्म भारत भ्रमणमा रहने बताइएको छ । यद्यपि भ्रमण लम्ब्याउने कुराकानी भइरहेको समेत स्रोतले दाबी गरेको छ ।
विदेश सचिव मिस्रीले आजै राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन् । त्यसपछि उनले कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पनि भेट्ने कार्यक्रम रहेको बताइएको छ ।
आजै उनले परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग भेटघाट गरी परराष्ट्र सचिव अमृतबहादुर राईसँग दुई पक्षीय भेटवार्ता गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण