विराटनगरमा राधाकृष्ण रथयात्रा सुरु, तस्बिरहरू
विराटनगर । प्रत्येक वर्ष निकालिँदै आएको विराटनगरको राधाकृष्ण रथयात्रा सुरु भएको छ । श्री कृष्ण जन्माष्टमीको अवसरमा आइतबार विराटनगरमा भव्य रथयात्रा निकालिएको हो । कृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा राधाकृष्ण रथयात्रा निकाल्ने गरिन्छ ।
विराटनगर महानगरपालिका वडा नम्बर १ को राधाकृष्ण मन्दिरबाट निस्कने यो रथयात्रा एसियाको जगन्नाथ पुरीपछि दोस्रो ठुलो मानिन्छ ।
रथ यात्रामा नेपाल र भारतका झन्डै ५ लाख भक्तजन सहभागी हुने अपेक्षा आयोजकको छ । रथयात्रा विराटनगर बजारका ४४ स्थानमा विश्राम गर्दै करिब ९ किलोमिटर दूरी तय गरेर मन्दिरमै आई समापन हुनेछ ।
रथयात्रा तीनपैनी, मेनरोड, ट्राफिक चोक, महेन्द्र चोक, रोड शेष चोक हुँदै बरगाछी भएर पुनः मन्दिरमा पुगेर सम्पन्न हुने रथयात्रा व्यवस्थापन समितिका अध्यक्ष कैलाश रेग्मीले जानकारी दिए ।
१९८८ सालमा ‘खटयात्रा’का रूपमा सुरु भएको यो २०२५ सालदेखि रथयात्रामा परिणत भएको हो । जीर्ण भइसकेको पुरानो रथ विस्थापन गर्दै यो वर्षदेखि १४ फिट चौडा, १९ फिट लामो र २१ फिट अग्लो नयाँ रथ प्रयोगमा ल्याइएको छ ।
राधाकृष्ण रथयात्रालाई पूर्ण रूपमा सुरक्षित र शान्तिपूर्ण बनाउन मोरङ प्रहरीले कडा सुरक्षा रणनीति अपनाएको छ ।
_jopm4pTlRT.jpg)
_pLgBQeLOMY.jpg)
_8Yz0FdiTjq.jpg)
_LU24qvz5F2.jpg)
_ux7QNAPi0f.jpg)
_9UZ9CPF0YY.jpg)
_QFTJcJ0Mb9.jpg)
_X0ecn3cP2d.jpg)
_T6bJSoazgL.jpg)
_3ORRglEV7w.jpg)
_xNif7G8LQE.jpg)
_GJS3mKhUm1.jpg)
_HZXBZfLkvA.jpg)
_AF5EB3HbDu.jpg)
_OwujLseId4.jpg)
_gwto0S7wzp.jpg)
_g3e4CL1r3x.jpg)
_NoAu72e7dY.jpg)
_ViQW6kU7Qq.jpg)
_95UYebSNfQ.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सातापछि सगरमाथा आधार शिविर क्षेत्रबाट दावा शेर्पाको उद्धार, थप उपचारको लागि काठमाडौँ ल्याइयो (तस्बिरहरू)
-
अफगानिस्तानमा बारुदी सुरुङ विस्फोट : २ जना बालबालिकाको मृत्यु
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण