विद्युत् प्राधिकरणले सरकारसँग लियो ५ अर्ब रुपैयाँ अल्पकालीन ऋण
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले सरकारसँग ५ अर्ब रुपैयाँ अल्पकालीन ऋण लिएको छ । अर्थ मन्त्रालयले गत असार २० गते प्राधिकरणलाई १० अर्ब ऋण लिन स्वीकृति दिएको थियो ।
अर्थ मन्त्रालयको स्वीकृतसँगै ५ अर्ब रुपैयाँ प्राधिकरणले अल्पकालीन ऋण लिएका नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए ।
कार्यकारी निर्देशक शाक्यले नगद अभावका कारण ५ अर्ब रुपैयाँ अल्पकालीन ऋण लिएर विभिन्न ठेक्काको भुक्तानी गर्न सुरु गरिएको बताए ।
उनले भने,‘ आर्थिक वर्षमा ५ अर्ब रुपैयाँ अर्थ मन्त्रालयबाट स्वीकृति भएर आएको छ । उक्त ऋण विभिन्न परियोजना तथा बाँकी भुक्तानीका लागि प्रयोग गरिरहेका छौँ । उनका अनुसार सरकारले ५.३८ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराएको हो।
यस्तै, प्राधिकरणले आगामी आर्थिक वर्षका लागि थप ५ अर्ब अल्पकालीन ऋणका लागि अर्थ मन्त्रालयलाई अनुरोध गरिसकेको बताए । कार्यकारी निर्देशक शाक्यले प्राधिकरणमा नगद अभाव भएको र देशभर गुणस्तरीय विद्युतीकरणदेखि क्षमता अभिवृद्धिको काम गर्नुपर्ने भएकाले सरकारसँग ऋण लिएर काम थाल्ने बताए ।
उनले विद्युत् प्रसारण लाइन क्षमता वृद्धिको लागि ऋण लिनै पर्ने भएकाले प्राधिकरणले ऋण लिएको बताए । उनले यति बेला प्राधिकरण सबैतिरबाट चेपुवामा रहेको भए पनि ब्याज सस्तो हुँदा ऋण दिन सहज अवस्था रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण