लीपमोटर बी १० चीनबाट नेपाल आउँदै, छिट्टै डेलिभरी सुरु हुने
काठमाडौं। नेपालका लागि एकमात्र आधिकारिक विक्रेता सांग्रिला मोटर्स प्रा. लि. ले लामो समयदेखि प्रतिक्षित लीपमोटर बी १० औपचारिक रूपमा चीनबाट नेपालका लागि प्रस्थान गरिसकेको र डेलिभरी छिट्टै सुरु हुने घोषणा गरेको छ ।
काठमाडौंमा आयोजित नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा भारी मात्रामा सकारात्मक प्रतिक्रिया र अग्रिम बुकिङ प्राप्त भएपछि, लीपमोटर बी १० अब ती अर्डर पूरा गर्न र नेपाली सडकमा नवीनतम इलेक्ट्रिक मोबिलिटी ल्याउन तम्तयार छ ।
लीपमोटर बी १० मा १६० किलोवाट पावरफुल रियर–व्हील ड्राइभ (RWD) मोटर र ६७.१ किलोवाट ब्याट्री रहेको छ, जसले एक पटक चार्जमा ६०० किमी (CLTC) र ४६० किमी (WLTP) सम्मको प्रभावकारी रेञ्ज प्रदान गर्छ। आरामदायी र व्यावहारिक दुवै उद्देश्यका लागि निर्माण गरिएको यो मोडेलले १८० मिमी ग्राउन्ड क्लियरेंस, १४.६ इन्च 2.5K टचस्क्रिन, ३६०–डिग्री क्यामेरा रेकर्डिङ सुविधा सहित, प्रीमियम लेदरटे सिट्स (हिटिङ र भेन्टिलेसनसहित) र आफ्नो सेग्मेन्टकै सबैभन्दा ठूलो प्यानोरामिक रूफ जस्ता सुविधाहरू प्रदान गर्छ ।
बी १० ले अत्याधुनिक विद्युतीय सवारी साधन प्रविधिलाई प्रिमियम आरामसँग संयोजन गर्ने कुरामा लीपमोटरको ध्यान प्रतिबिम्बित गर्दछ, जसले गर्दा यो नेपाली इभी प्रेमीहरूका लागि एक उत्कृष्ट विकल्प हो ।
अवसरमा, सांग्रिला मोटर्सका निर्देशक, श्री हेमन्त गोल्छाले भने,“हामीलाई यो जानकारी दिन पाउँदा खुशी लागेको छ कि लीपमोटर बी १० ले चीनबाट नेपालतर्फ आफ्नो यात्रा सुरु गरेको छ। यसको असाधारण रेञ्ज, उन्नत सुविधाहरू र प्रिमियम डिजाइनसहित, हामी विश्वास गर्छौं कि बी १० ले नेपालमा इलेक्ट्रिक गाडी जगतमा नयाँ मापदण्ड सेट गर्नेछ। डेलिभरी छिट्टै सुरु हुनेछ र हामी विश्वस्त छौं कि यसले हाम्रा ग्राहकहरूको ड्राईभिङ्ग अनुभव पुनःपरिभाषित गर्नेछ।”
गोल्छा अर्गनाइजेसन अन्तर्गतको सांग्रिला मोटर्सले सधैं नवीनतम, वातावरणमैत्री मोबिलिटी समाधानहरू ल्याउने आफ्नो उद्देश्यलाई निरन्तरता दिँदै आएको छ ।
पुजो, सिट्रन र लिपमोटर जस्ता ब्रान्डहरू समेटेको यस कम्पनीले स्मार्ट र वातावरणमैत्री गाडीको प्रयोग विस्तार गर्ने प्रतिबद्धता लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण