एसिया कपका लागि पाकिस्तान टिम घोषणा, बाबर र रिजवान बाहिर
सारांश
- पाकिस्तान क्रिकेट बोर्डले सेप्टेम्बरमा युएईमा हुने एसिया कप र ट्राइ-सिरिजका लागि १७ सदस्यीय टिम घोषणा गरेको छ।
- बाबर आजम र मोहम्मद रिजवानलाई टिममा राखिएको छैन भने फखर जमानले पुनरागमन गरेका छन्।
- एसिया कप ९ देखि २८ सेप्टेम्बरसम्म युएईमा हुनेछ, जसमा भारत र पाकिस्तानबीचको खेल १४ सेप्टेम्बरमा हुनेछ।
काठमाडौँ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले आगामी सेप्टेम्बरमा युएईमा हुने एसिया कप २०२५ र त्यसअघि हुने ट्राइ-सिरिजका लागि १७ सदस्यीय टी-२० टिम घोषणा गरेको छ। टिमको कप्तानी सलमान अली आगाले गर्ने भएका छन्।
आश्चर्यजनक रूपमा पूर्व कप्तान बाबर आजम र विकेटकीपर ब्याट्सम्यान मोहम्मद रिजवानलाई टिममा राखिएको छैन। दुवै खेलाडी पछिल्ला केही महिनायता टी-२० टोलीमा निरन्तर बाहिर रहेका छन्। बाबरले अन्तिम पटक सन् २०२४ को डिसेम्बरमा टी-२० खेलेका थिए ।
यसपटक भने चोटबाट निको भएका फखर जमानले पुनः टोलीमा स्थान बनाएका छन्।
एसिया कप ९ देखि २८ सेप्टेम्बरसम्म हुनेछ। समूह ‘ए’ मा भारत, पाकिस्तान, ओमान र युएई परेका छन् भने समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश, अफगानिस्तान र हङकङ छन्। भारत र पाकिस्तान १४ सेप्टेम्बरमा आमनेसामने हुनेछन्। सुपर–४ चरणमा पुगेमा दुबै टोली फेरि २१ सेप्टेम्बरमा भिड्ने सम्भावना छ।
भारतले अहिलेसम्म ८ पटक, श्रीलङ्काले ६ पटक र पाकिस्तानले २ पटक एसिया कप जितिसकेका छन्।
यी हुन छनौट भएका १७ खेलाडी
सलमान आगा (क्यापटेन), अबरार अहमद, फहीम अशरफ, फखर जमान, हारिस रऊफ, हसन अली, हसन नवाज, हुसैन तलत, खुशदिल शाह, मोहम्मद हारिस (विकेटकीपर), मोहम्मद नवाज, मोहम्मद वसीम, साहिबजादा फरहान, सैम आयूब, सलमान मिर्जा, शाहीन शाह अफरीदी, सूफियान मोकिम।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण