डोलवासीलाई बर्सेनि पहिरोकै चिन्ता
सारांश
- बैतडीको डोलबासीमा २०१८ सालदेखि पहिरोको समस्या छ, जसले गर्दा स्थानीयवासी चिन्तित छन्।
- पहिरोले अहिलेसम्म ९ जनाको ज्यान लिइसकेको छ भने २०० रोपनीभन्दा बढी खेतीयोग्य जमिन बगाएको छ।
- आर्थिक अवस्था कमजोर भएका कारण यहाँका बासिन्दा जोखिम मोलेर बस्न बाध्य छन्, बस्ती स्थानान्तरणको पहल हुन सकेको छैन।
बैतडी । हरेक वर्षातमा झैँ यहाँको दोगडाकेदार गाउँपालिका–६ डोलबासी यसपाली पनि पहिरोकै चिन्तामा छन् । विसं २०१८ देखि खस्ने थालेको पहिरोले अहिलेसम्म गाउँलेलाई चैनले सुत्न दिएको छैन ।
हरेक वर्ष बर्खामा खस्ने पहिरोले यो वर्ष पनि चिन्ता बढेको स्थानीय लोगसिंह भाटले बताए । “वर्षा सुरु भएदेखि राति निदाउनसमेत डर लाग्ने गरेको छ”, उनले भने, “पहिरोले चारैतिर जमिन बगाइसकेको छ । बस्ती जोखिममा छ । अन्त सरौँ आर्थिक अवस्था कमजोर छ । जोखिम मोलेर बसिरहेका छौँ ।”
यहाँका धेरैले बसाइसराइ सरिसकेका छन् । पहिरोले घर तथा जमिन बगाएपछि अधिकांश बसाइ सरेका स्थानीय रामदत्त जोशीले बताए । आर्थिक अवस्था कमजोर भएका २० परिवार मात्रै अहिले यहाँ बसोबास गर्छन् ।
स्थानीय भोजराज जोशीले भने, ‘विसं २०१८ कै पहिराले हाम्रो गाउँका हरेक घर बाङ्गा छन् । भित्रभित्रै जमिन भासिएपछि घरहरू बाङ्गा भएका हुन् । पहिरोको जोखिममै बस्नु परिरहेको छ ।’
डोल पहिरोले हालसम्म नौ जनाको ज्यान लिइसकेको छभने दुई सय बढी रोपनी खेतीयोग्य जमिन बगाइसकेको छ । पञ्चायतकालमा डोलबस्तीलाई स्थानान्तरण गर्नुपर्ने भन्दै तत्कालीन राजा वीरेन्द्रले हुकुम प्रमांगी दिएका स्थानीय बुढापाका बताउँछन् । तर राजनीतिक खिचातानी भएपछि अन्यत्र बसाइ सर्ने सपना अधूरै रह्यो । आर्थिक अवस्था सबल भएका सबैले तराईतिर जमिन किनेर उतै गइसकेका छन् । तर गरिब र दलित समुदाय भने जोखिममै बस्न बाध्य छन् ।
पहिरोले प्रत्येक वर्ष खानेपानीको मुहान बगाउँदै आएको छ । त्यसपछि धमिलो पानी प्रयोग गर्न बाध्य हुने गरेको स्थानीय बहादुर भुलले बताए । डोलबस्ती स्थानान्तरणका लागि कुनै पहल हुन सकेको छैन । यहाँको बस्ती स्थानान्तरण नै उपयुक्त विकल्प हुने स्थानीयवासीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण