शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
क्रिकेट

रोकिएन हारको शृङ्खला, नेपाल लगातार तेस्रो खेलमा निरीह

सोमबार, ०२ भदौ २०८२, १० : २५
सोमबार, ०२ भदौ २०८२

सारांश

  • अस्ट्रेलियामा जारी टप एण्ड टी२० सिरिजमा नेपालले लगातार तेस्रो खेलमा हार बेहोर्यो।
  • नेपालले १ सय ७६ रनको लक्ष्य पछ्याउँदै ७ विकेट गुमाएर १ सय ४४ रन मात्र बनाउन सक्यो।
  • आसिफ शेखले अर्धशतक बनाए भने सन्दीप लामिछानेले ३ विकेट लिए।
00:00 / NaN:NaN
Audio By AI

डार्विन । अस्ट्रेलिायमा जारी टप एण्ड टी–२० सिरिजमा नेपालले लगातार तेस्रो खेलमा हार बेहोरेको छ । 

मेलबर्न स्टार्स एकाडेमीले प्रस्तुत गरेको १ सय ७६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४४ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि आसिफ शेखले अर्धशतकीय इनिङ्स खेले । उनले ४९ बलमा ३ चौका र १ छक्का हिर्काउँदै ५३ रन जोडे । कप्तान रोहित पौडेलले ३१ बलमा ३३ रनको योगदान दिए । उनले ३ चौका प्रहार गरे ।

ओपनर कुशल भुर्तेलले तीव्र गतिमा रन बनाउँदै १३ बलमा २५ रन हिर्काए । उनले ४ चौका प्रहार गरे । कुशल मल्ल ११ रन बनाएर आउट भए ।

अस्ट्रेलियाका लागि अस्टिन एनलजार्क र डग वारेनले २–२ विकेट लिए भने क्रिस हाउवी र आर्यन शर्माले १-१ विकेट हात पारे ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्नले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७५ रन बनाएको थियो । टोलीका लागि थोमस रोजर्स र ब्लेक म्याकडोनाल्डले अर्धशतकीय इनिङ्स खेले ।

म्याकडोनाल्डले ४७ बलमा ७ चौका र २ छक्काको मद्दतले ७४ रन बनाए । रोजर्सले ४६ बलको सामना गदै ७ चौका र १ छक्काको मद्दतले ६५ रन जोडे ।

नेपालका लागि सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै २६ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामी र सहाब आलमले १–१ विकेट हात पारे ।

नेपाल पहिलो खेलमा अस्ट्रेलियाको स्थानीय टोली नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो । दोस्रो खेलमा टोली बंगलादेश ए सँग ३२ रनले स्तब्ध बन्यो । 

अब नेपालले चौथो खेलमा मंगलबार होबार्ट हरिकेन्सविरुद्ध खेल्नेछ । त्यसपछि अगस्ट २० मा मेलबर्न रेनेगेड्सविरुद्ध खेल्नेछ । अन्तिम खेलमा नेपालले २२ तारिखमा पाकिस्तान शाहिन्सको सामना गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप