अलास्कामा ट्रम्पलाई भेट्न आउँदा पुटिनले किन ल्याएका थिए ‘पूप’ शुटकेश ?
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न जाँदा पुटिनका सुरक्षा गार्डले उनको मल सङ्कलन गर्न सुटकेस ल्याएका थिए।
- विदेशी शक्तिहरूले पुटिनको स्वास्थ्यबारे जानकारी हासिल गर्न नसकुन् भनेर यस्तो सुरक्षा व्यवस्था मिलाइएको थियो।
- पुटिनले १९९९ मा सत्तामा आएदेखि नै विदेश भ्रमणमा जाँदा यस्तो विधि अपनाउँदै आएका छन्।
वासिङ्टन डीसी । शुक्रबार अलस्कामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न आउँदा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सुरक्षा गार्डहरूले पुटिनको मल सङ्कलन गर्न विशेष सुटकेस ल्याएका थिए । विदेशी शक्तिहरूले पुटिनको स्वास्थ्यबारे कुनै पनि जानकारी हासिल गर्न नसकुन् भनेर यस्तो गरिएको भन्दै एक्सप्रेस यूएसले समाचारमा भनेको छ ।
खबरका अनुसार विदेश यात्रामा रहँदा पुटिनका सुरक्षा गार्डहरूले उनको दिसा सङ्कलन गर्छन् र त्यसलाई रूसमै फिर्ता ल्याउँछन् । बैठकको क्रममा पुटिनको सुरक्षाको लागि कडा सुरक्षा व्यवस्था गरिएको थियो ।
उनको वरिपरि सुरक्षा गार्डहरू उपस्थित थिए । पुटिन र रुसी गुप्तचर जानकारीलाई सुरक्षित राख्न धेरै कदम चालिएको थियो । रुसी राष्ट्रपतिको संघीय सुरक्षा सेवाका सदस्यहरूले उनको मल सङ्कलन गरेर विशेष सुटकेसमा राख्ने अनि यसलाई आफूसँगै बोक्ने गरेको एक्सप्रेस यूएसले फ्रान्सेली प्रकाशन पेरिस म्याचका अनुसन्धान पत्रकार रेगिस जेन्टे र मिखाइल रुबिनलाई उद्धृत गर्दै भनेको छ । यो सुरक्षा व्यवस्था धेरै वर्षदेखि चलिरहेको बताइएको छ । २०१७ को मेमा पुटिनको फ्रान्स भ्रमणमा पनि यस्तै गरिएको थियो ।
यो सुरक्षा उपायको उद्देश्य विदेशी शक्तिहरूलाई पुटिनको दिसाको नमुना लिनबाट रोक्नु भएको बताइएको छ । पुटिनको दिसाबाट उनको स्वास्थ्यबारे धेरै जानकारी सङ्कलन गर्न सकिने भएकोले हरेक पटकको विदेश यात्रामा रुसले यस्तै गर्ने गरेको छ ।
भियना भ्रमणको क्रममा पनि पुटिनले यो विधि अपनाएका थिए । यस क्रममा उनले बोकेर यताउता लैजान मिल्ने शौचालय प्रयोग गरेका थिए । पुटिनले १९९९ मा सत्तामा आएदेखि यो विधि अपनाउँदै आएका छन् ।
७२ वर्षका भ्लादिमिर पुटिनको स्वास्थ्य अवस्थालाई लिएर निरन्तर अनेकौँ अड्कलबाजी आइरहेको समयमा यो खबर आएको हो । गत वर्ष नोभेम्बरमा, काजाकिस्तानको अस्तानामा पत्रकार सम्मेलनको क्रममा पुटिनको खुट्टा काँपेपछि उनको स्वास्थ्यबारे अनेकौँ अड्कलबाजी सुनिएको थियो ।
डा.बब बेरोआखिम नाम गरेका एक जना डाक्टरले यो पार्किन्सन जस्तै स्नायु रोग हुन सक्ने आशङ्का गरेका थिए । २०२३ मा, बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्कोसँगको भेटघाटको क्रममा पनि पुटिन काँपिरहेका देखिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण