सङ्घीयता कार्यान्वयनमा सङ्घीय निजामती सेवा विधेयक महत्त्वपूर्ण दस्ताबेज : मन्त्री न्यौपाने
सारांश
- मन्त्री भगवती न्यौपानेले कर्मचारी सरुवा प्रणालीलाई पारदर्शी बनाउन विधेयक महत्त्वपूर्ण हुने बताइन्।
- उनले भनसुनका आधारमा हुने सरुवा रोक्ने र सेवा प्रवाहलाई प्रभावकारी बनाउने बताइन्।
- राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा विधेयकमाथि छलफल भइरहेको छ, जसमा सांसदहरूले संशोधन प्रस्ताव राखेका छन्।
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले कर्मचारी सरुवा प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन सङ्घीय निजामती सेवा विधेयक महत्त्वपूर्ण हुने बताएकी छन्।
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको सोमबारको बैठकमा बोल्दै मन्त्री न्यौपानेले भनसुनका आधारमा हुने सरुवा प्रक्रियालाई रोक्ने उद्देश्य विधेयकले पूरा गर्ने विश्वास व्यक्त गरेकी हुन् ।
उनले भनिन्, ‘अब कर्मचारीको भनसुनका आधारमा सरुवा हुने प्रणालीलाई रोक्न यो विधेयक महत्त्वपूर्ण हुन्छ । अनुमानको आधारमा सरुवा हुने कुरालाई व्यवस्थित गर्नुपर्छ । सेवा प्रवाहलाई प्रभावकारी र पारदर्शी हुने कुरामा हामीले सोच्न आवश्यक छ । खास गरी यसको उद्देश्य सङ्घीयतालाई कार्यान्वयन गर्नको लागि महत्त्वपूर्ण हुनेछ ।’
प्रतिनिधि सभाबाट पास भइसकेको विधेयकमाथि थप छलफल आवश्यक रहेको भन्दै राष्ट्रिय सभाले विधायन व्यवस्थापन समितिमा पठाएको थियो । समितिमा विधेयकका १९३ वटा बुँदामा १६ वटा समूहमा सांसदहरूले संशोधन प्रस्ताव राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण