शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

जेलेन्स्कीसामु सर्त राख्दैछन् ट्रम्प र रुस, यस्तो छ युक्रेनको अडान

सोमबार, ०२ भदौ २०८२, १२ : ४३
सोमबार, ०२ भदौ २०८२

सारांश

  • अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच ह्वाइट हाउसमा भेटवार्ता हुँदैछ।
  • ट्रम्पले रुससँगको युद्ध अन्त्यका लागि युक्रेनलाई केही सर्त मान्न दबाब दिएका छन्, जसमा क्रिमियाको स्वामित्व छाड्नुपर्ने र नेटोमा सहभागी नहुने कुराहरू छन्।
  • जेलेन्स्कीले आफ्नो भूभाग नछाड्ने अडान लिएका छन् र युक्रेनका लागि बलियो सुरक्षा प्रत्याभूति खोजिरहेका छन्।

वासिङ्टन डीसी । सोमबार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की यतिबेला राजधानी वासिङ्टन डीसी पुगिसकेका छन् । अर्को १२ घण्टामा दुई देशका शीर्ष नेताबिच भेटवार्ता हुँदैछ ।

यो भेटमा बेलायत, जर्मनी, इटली लगायत केही युरोपेली नेताहरू जेलेन्स्कीको साथमा रहनेछन् । यस्तोमा रुससँगको युद्ध अन्त्य गर्ने सर्तहरू मान्न ट्रम्पले युक्रेनमाथि दबाब बढाइरहेका छन् । दुई दिनअघि मात्रै ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई भेटेका थिए ।

आइतबार अबेर राति ट्रम्पले ह्वाइट हाउसमा हुन लागेको भेटवार्ताका लागि आफ्नो सन्देश सार्वजनिक गरेका थिए । यसमा उनले युक्रेनमा युद्ध अन्त्य गर्न रुसले राख्ने केही सर्त मान्न जेलेन्स्की तयार हुनै पर्नेमा उनले जोड दिएका छन् । 

यो सर्त भने युक्रेनले क्रिमियाको स्वामित्व छाड्नु पर्नेछ । क्रिमियालाई २०१४ मा रुसले युक्रेनबाट अलग्याएको थियो । अर्को सर्त भने उसले कहिले पनि नेटोमा संलग्न हुन्छु भने भन्न पाउने छैन । युक्रेन युद्ध अन्त्यका लागि सम्भावित सम्झौताप्रति ह्वाइट हाउसले आशा व्यक्त गरेको छ । 

पुटिनले युक्रेनका लागि अमेरिकी सुरक्षा प्रत्याभूतिलाई स्वीकृत गर्ने र यसको बदलामा एक अर्काको भू–भाग सट्टापट्टामा छूट दिनेमा युक्रेनका लागि अमेरिकी दूत स्टिभ विटकफले सीएनएनलाई भनेका थिए । यो सुरक्षा प्रत्याभूति नेटोको ‘दफा ५’मा उल्लेख गरेको जस्तै हुनेमा पनि पुटिनले सहमति जनाएको बताइएको छ ।

अझै पनि सम्झौतामा कयौँ बुँदा र प्रश्नहरू अनुत्तरित छन् । युक्रेनको संविधानले भूभाग छाड्न वा जमिन साट्न असम्भव बनाएको आइतबार जेलेन्स्कीले भनेका थिए । यसको अर्थ आफ्नो भूभाग नछाड्ने कुरामा जेलेन्स्की टसका मस छैनन् । युक्रेनका लागि सुरक्षा प्रत्याभूति हासिल गर्न सक्छु भन्नेमा जेलेन्स्की विश्वस्त छन् । 

नयाँ सुरक्षा प्रत्याभूति विगतमा काम गर्न नसकेको प्रत्याभूतिभन्दा बलियो हुनुपर्ने उनले भनेका छन् । सुरक्षा प्रत्याभूति हुँदाहुँदै पनि २०१४ मा युक्रेनले क्रिमिया गुमाएको थियो । जेलेन्स्कीको साथमा युरोपका कयौँ देशका शीर्ष नेता ह्वाइटहाउस जाँदैछन् ।

ओभल अफिसमा यति ठुलो सङ्ख्यामा युरोपेली नेताहरूको जमघट हुन लागेको यो पहिलो पटक भएको ट्रम्पले सामाजिक सञ्जालमा एउटा पोस्टमा बताएका थिए । सोमबार निकै ठुलो दिन भएको अनि सबैलाई आतिथ्य दिन पाउनु आफ्नो लागि ठुलो सम्मानको कुरा भएको पनि ट्रम्पले पोस्टमा भनेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप