‘मिसन ८४’ लाई सफल बनाउन विवेकशील साझाले बनायो समिति
काठमाडौँ । विवेकशील साझा पार्टीले समान विचार भएका व्यक्तित्व, समूह, अभियान, संस्था र दलहरूसँग सहकार्य, ध्रुवीकरण, कार्यगत एकता, एकीकरण र मोर्चाबन्दी गर्न पार्टी उपाध्यक्ष प्रकाशचन्द्र परियारको नेतृत्वमा राजनीतिक संवाद समिति गठन गरेको छ ।
पाँच सदस्यीय संवाद समितिमा उपाध्यक्ष विमला घिमिरे अधिकारी, महासचिव रञ्जु दर्शना, सचिव समुन्द्र केसी र प्रवक्ता आशुतोष प्रधान सदस्य रहेका छन् ।
हालै सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले मुलुकमा वैकल्पिक राजनीतिको उपादेयता अझ बढीरहेका वेला समान विचार भएका दल, समूह र अभियानकर्मीहरूको वृहत् ध्रुवीकरण, कार्यगत एकतादेखि एकीकरणसम्मको आवश्यकतालाई केन्द्रमा राखी ‘मिसन ८४’ लाई सफल बनाउन राजनीतिक संवाद समिति गठन गरेको हो ।
समितिले राजनीतिक छलफल, भेटवार्ता, सामूहिक कार्यक्रम, मोर्चाबन्दी र सहकार्य संस्कृतिलाई सक्रिय अभ्यासमा ल्याउन पहलकदमी गर्दै ‘अल्टरनेटिभ्स अलाइन्स’ मा काम गर्ने पार्टीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण