एकीकृत समाजवादी भन्छ–उपसभामुख हटाउन लाग्दैनौँ
मङ्गलबार, ०३ भदौ २०८२, १२ : ५०
सारांश
- नेकपा एकीकृत समाजवादीले उपसभामुख इन्दिरा रानामगरलाई हटाउन साथ नदिने बताएको छ।
- एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले आफूहरू उपसभामुख हटाउने अभियानलाई साथ नदिने बताए।
- वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पनि पार्टीमा छलफल नभएको बताए।
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले उपसभामुख इन्दिरा रानामगर हटाउन साथ नदिने बताएको छ । नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख हटाउन हस्ताक्षर अभियान चलाइरहेका बेला एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले आफूहरू उपसभामुख हटाउने कांग्रेस एमालेको अभियानलाई साथ नदिने बताएका हुन् ।
‘हामी उपसभामुख इन्दिरा राना मगर हटाउने पक्षमा जाँदैनौ’, प्रमुख सचेतक चौधरीले भने, ‘अहिले त्यो आवश्यकता नै छैन ।’
एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष तथा सो पार्टीका संसदीय दलका उपनेता राजेन्द्र पाण्डेले पनि त्यसबारे पार्टीमा कुनै छलफल नभएको बताए ।
नेपाली कांग्रेस र एमालेले उपसभामुखलाई हटाउन मंगलबारै प्रस्ताव दर्ता गराउने तयारी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण