मुसलधारे वर्षाले मुम्बईको जनजीवन प्रभावित, शैक्षिक संस्था र सरकारी कार्यालयहरू बन्द
सारांश
- मुम्बईमा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ, सरकारी कार्यालयहरू बन्द गरिएका छन्।
- मौसम विभागले रेड अलर्ट जारी गर्दै तीव्र गतिको हावा चल्ने पूर्वानुमान गरेको छ र रेल सेवा प्रभावित भएका छन्।
- सहरका विभिन्न स्थानहरूमा पानी जमेको र सिग्नलिङ प्रणालीमा समस्या आएको कारण यातायातमा अवरोध भएको छ।
नयाँ दिल्ली । मुसलधारे वर्षाका कारण मुम्बईको जनजीवन प्रभावित भएको छ । भारतीय मौसम विज्ञान विभाग (आईएमडी)ले जारी गरेको वर्षासम्बन्धी चेतावनीको सन्दर्भमा बृहन्मुम्बई महानगरपालिका (बीएमसी)ले मंगलबार सबै सरकारी र अर्धसरकारी कार्यालयहरू बन्द गर्न निर्देशन दिएको छ । बीएमसीले मुम्बईका सबै निजी संस्थालाई कर्मचारीहरूलाई घरबाट काम गर्न अनुमति दिन अपिल गरेको छ ।
आईएमडीले मंगलबार मुम्बई र वरपरका क्षेत्रहरूमा वर्षाको ‘रेड अलर्ट’ जारी गरेको थियो । विभागले अत्यन्त भारी वर्षाको साथमा ४५ देखि ५५ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्ने पूर्वानुमान गरेको छ । अधिकारीहरूका अनुसार, मंगलबार बिहान ८ बजेसम्मको पछिल्लो २४ घण्टामा मुम्बईमा १८६ दशमलव ४३ मिमी, पूर्वी उपनगरहरूमा २०८ दशमलव ७८ मिमी र पश्चिमी उपनगरहरूमा २३८ दशमलव १९ मिमी वर्षा भएको छ । लगातार चार दिनदेखि भइरहेको वर्षाले जनजीवन प्रभावित भएको छ ।
बिहान ९ः१६ बजे समुन्द्रमा ३.७५ मिटर अग्लो छाल आएको थियो । राति ८ः५३ बजे ३.१४ मिटर अग्लो छाल आउने अनुमान गरिएको छ । पीटीआईका अनुसार, धेरै क्षेत्रहरूमा पानी जमेको कारण यातायात र रेल सेवाहरू प्रभावित भएका छन् । रेलवे ट्रयाकहरू पनि डुबेका छन् । सहरवासीहरूले दादर, माटुंगा, परेल र सायनका तल्लो क्षेत्रहरूमा रेलवे ट्रयाकहरूमा पानी जमेको गुनासो गरेका छन् ।
हिन्दमाता, अन्धेरी सबवे र पूर्वी एक्सप्रेस राजमार्ग, मुम्बई–गुजरात राजमार्ग र पूर्वी फ्रिवेका केही भागहरूमा पनि पानी जमेको खबर आएको छ । अत्यधिक वर्षाका कारण बिहान मुम्बई उपनगरीय नेटवर्कमा अम्बिवली र शहाड स्टेशनबीचको सिग्नलिङ प्रणालीमा प्राविधिक त्रुटी भएको छ ।
बिहान ८ बजेसम्म मुख्य लाइनमा स्थानीय रेलहरू औसत १० मिनेट ढिलो भएको र हार्बर लाइनमा पाँच मिनेट ढिलो चलिरहेको मध्य रेलवेका प्रवक्ताले बताए । कमजोर भिजिबिलिटीका कारण आफ्नो उपनगरीय सेवाहरू थोरै ढिलो चलिरहेको पश्चिमी रेलवेका प्रवक्ताले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण