पाकिस्तानका कुनै पनि खेलाडीले श्रेणी ‘ए’ कन्ट्र्याक्ट नपाउने, बाबर र रिजवानको घटुवा
सारांश
- पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले २०२५-२६ सिजनका लागि 'ए' श्रेणीको अनुबन्ध कुनै पनि खेलाडीलाई नदिने निर्णय गरेको छ।
- बाबर आजम र मोहम्मद रिजवानलाई 'बी' श्रेणीमा घटुवा गरिएको छ भने टेस्ट कप्तान शान मसुद 'डी' श्रेणीमा झरेका छन्।
- फखर जमान 'बी' श्रेणीमा फर्किएका छन् भने केही खेलाडीको बढुवा भएको छ र केही अनुबन्धबाट बाहिरिएका छन्।
इस्लामाबाद । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले २०२५–२६ सिजनका लागि सबैभन्दा प्रतिष्ठित श्रेणी ‘ए’ कन्ट्र्याक्ट कुनै पनि खेलाडीलाई नदिने निर्णय गरेको छ।
गत सिजनमा श्रेणी ‘ए’ मा रहेका बाबर आजम र मोहम्मद रिजवानलाई यसपटक ‘बी’ श्रेणीमा झारिएको छ। त्यस्तै, टेस्ट कप्तान शान मसुद ‘बी’ बाट झरेर ‘डी’ श्रेणीमा पुगेका छन्। अब प्रत्येक श्रेणीमा १०–१० खेलाडी रहने गरी कुल ३० खेलाडीलाई केन्द्रीय सम्झौता गरिएको छ।
८ वर्षपछि पहिलोपटक २०२४ मा अनुबन्धबाहिर परेका फखर जमान यसपटक ‘बी’ श्रेणीमा फर्किएका छन्। पीसीबीले टिमको प्रदर्शनका कारण कुनै खेलाडीलाई ‘ए’ श्रेणी उपयुक्त नठानेको जनाएको छ। ‘खासगरी यस चक्रमा श्रेणी ‘ए’ मा कुनै खेलाडी चयन गरिएको छैन,’ पीसीबीले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ।
तर, अन्यत्र केही बढुवा भएका छन्। अब्रार अहमद, साइम अय्यूब, ह्यारिस रउफ, सलमान अली आगा र शदाब खान ‘बी’ श्रेणीमा उक्लिएका छन्। सफियान मुकिम, हसन नवाज र मोहम्मद ह्यारिसलाई पहिलोपटक केन्द्रीय सम्झौता दिइएको छ।
यसैबिच, आमिर जमाल, कमरान गुलाम, मीर हम्जा, इरफान खान नियाजी र उस्मान खानजस्ता खेलाडी भने यसपटक अनुबन्ध सूचीबाट बाहिरिएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण