१० बजे १० समाचार : निशानामा इन्दिरा राना, नाडामा उड्ने कार हेर्ने बहाना
आज २०८२ भदौ २ गते मंगलबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
- निशानामा उपसभामुख
सरकारको नेतृत्व गर्दै आएको नेकपा एमाले र सत्ता साझेदार दल नेपाली कांग्रेसले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने प्रक्रिया अघि बढाउने तयारी गरेका छन् । उपसभामुख रानाले साढे दुई वर्ष अगाडि लेखेको पत्रलाई आधार बनाएर उनीहरूले संविधानको धारा ९१ को उपधारा ६ (ग) अनुसार उपसभामुखलाई हटाउन खोजेका हुन् ।
मंगलबार बिहानैबाट सत्तारुढ प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना सांसदहरूलाई संसदीय दलमा बोलाएर धमाधम हस्ताक्षर गराए । हस्ताक्षर किन भन्ने अधिकांश सांसदलाई थाहा नै थिएन । तर मध्याह्न हुँदै गएपछि धेरैले थाहा पाए– उपसभामुख इन्दिरा राना मगरलाई हटाउने सुरसार थियो ।
- नाडा अटो शोको रौनक
यस वर्षको नाडा अटो शो आजदेखि सुरु भएको छ । २०५५ सालदेखि सुरु भएको नाडा अटो शोको १७ औँ संस्करण नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको आयोजनामा मंगलबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको हो ।
- विद्या भण्डारीलाई रोक्ने प्रयास !
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार दिउँसो विराटनगरको पाञ्चालीस्थित एमाले मोरङको कार्यालयमा पुगिन् । कार्यालय परिसरमा जम्मा भएका कार्यकर्तामाझ मोरङका एमाले उपाध्यक्ष सागर थापाले उनलाई रातो गुलाबको फूल हातमा दिए ।
- सडक मर्मत
चाडपर्वमा त्यसै पनि मानिसको आवतजावत बढी हुन्छ । दसैँ, तिहार, छठ जस्ता मुख्य चाडपर्व नजिकिँदै जाँदा राजधानी काठमाडौँलाई मुख्य राजमार्गहरु भने बाढी पहिरोले प्रभावित छन् ।
- गौर हत्याकाण्ड
सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतविरुद्ध रौतहटको गौर हत्याकाण्डको विषयमा अनुसन्धान अघि बढाउन भन्दै परमादेश जारी गरेसँगै त्यसबारेमा सो पार्टीले कानुनविद्सँग छलफल गरेको छ ।
- बैंकको नाफा
आर्थिक वर्ष २०८१/८२ मा नेपालका वाणिज्य बैंकहरूले ७१ अर्ब १८ करोड ४४ लाख रुपैयाँ नाफा आर्जन गरे । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३.६८ प्रतिशत बढी हो । अघिल्लो आर्थिक बैंकहरूले तिनै बैंकहरूले ४९ अर्ब ५४ करोड ५४ लाख रुपैयाँ नाफा कमाएका थिए ।
- कृषि क्षेत्र विकास कार्यक्रम
चार वर्ष अघिसम्म भेरीगंगा नगरपालिका–११, चिप्लेका अधिकांश किसानका लागि खेतीपाती र पशुपालन केवल जीवन धान्ने माध्यम थियो । स्थानीय राधिका बुढाका अनुसार चार वर्ष अघिसम्म प्रायः घरमा भैंसी थिएनन् । भएकाहरूले पनि घरमा दुध खानका लागि मात्र एउटासम्म भैंसी पाल्थे ।
- नयाँ मापदण्ड
निःसन्तान दम्पतीका लागि शुक्रकीट तथा अण्डा दान प्रक्रियालाई थप व्यवस्थित र सुरक्षित बनाउन सरकारले नयाँ मापदण्ड लागु गरेको छ । नयाँ मापदण्डमा पुरुष र महिला दाताका लागि फरक–फरक नियमहरू तोकिएका छन्, जसले दान प्रक्रियाको प्रकृति र दाताको स्वास्थ्यलाई केन्द्र राखेर बनाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
- घरबहाल कर
सर्वोच्च अदालतले घरबहाल कर संकलनको एकल अधिकार स्थानीय तहमा निहित रहने फैसला सुनाएसँगै संघीय सरकारको लामो समयदेखिको हस्तक्षेप अन्त्य भएको छ । गएको जेठ २० गते सर्वोच्चले गरेको यो फैसलामा टेकेर स्थानीय तहहरूले चालु आर्थिक वर्षदेखि घर बहाल कर संकलन गर्न पाउने बाटो खुला भएको छ ।
- प्रभु साहका कुरा
आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य प्रभु साह पछिल्ला दिनमा संसदभित्र र बाहिर दुवै ठाउँमा कठोर अभिव्यक्ति दिइरहन्छन् । प्रधानमन्त्रीदेखि सत्तारुढ दलसम्मका नीतिगत निर्णयप्रति उनले निरन्तर प्रहार गर्दै आएका छन् । आलोचनालाई व्यक्तिगत प्रतिशोध ठान्नेहरूलाई उनी स्पष्ट जबाफ दिन्छन्– मसँग सत्ता छैन तर सत्य छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण