मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
फोटो फिचर

नाडा अटो शो २०२५ सुरु, अध्यक्ष चौधरी भन्छन्- 'हामी ९० प्रतिशत अटो व्यवसायीलाई प्रतिनिधित्व गर्छौँ'

मङ्गलबार, ०३ भदौ २०८२, १२ : ३६
मङ्गलबार, ०३ भदौ २०८२

सारांश

  • काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो शो-२०२५ सुरु भएको छ, जसको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन्।
  • अध्यक्ष करण चौधरीले अटो शोले अटोमोबाइल व्यापारको ४० प्रतिशत हिस्सा ओगट्ने र १० लाख रोजगारी सिर्जना गर्ने बताए।
  • यस वर्षको शोमा ह्युमनोइड रोबोट र उड्ने कार प्रदर्शनीमा राखिएका छन्, र यो प्रदर्शनी ६ दिनसम्म चल्नेछ।

काठमाडौँ । नाडा अटो शो-२०२५ सुरु भएको छ । मंगलबार काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा नाडा अटो शोको यो वर्षको संस्करण सुरु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले शोको उद्घाटन गरेका छन् ।

कार्यक्रममा एशोसिएसनका अध्यक्ष करण चौधरीले यो अटो शोले कुल अटोमोबाइल्स व्यापारको ४० प्रतिशत हिस्सा ओगट्ने भन्दै यो एउटा प्रदर्शनी मात्रै नभएर व्यापारिक केन्द्र भएको बताए । 

अध्यक्ष चौधरीले अटोमोबाइल क्षेत्रले देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै अहिले यो क्षेत्रले नेपालमा १० लाख रोजगारी सिर्जना गरेको र ३ हजार व्यवसायीलाई एकीकृत गरेको दाबी गरे ।  

Nada (2)

'नाडा यस्तो संस्था हो जसले ९० प्रतिशत अटोमोबाइल्स सेक्टरको प्रतिनिधित्व गर्छ,' अध्यक्ष चौधरीले भने, 'हामी सीप र रोजगार दुवै सिर्जना गर्छौँ ।' अध्यक्ष चौधरीले सरकारले ल्याएको बजेट पछिल्लो १० वर्षमा नदेखेको बजेट भएको भन्दै अर्थमन्त्रीको प्रशंसा गरे । 

Nada (3)

उनले आउँदो मौद्रिक नीतिको समीक्षाले अटोमोबाइल क्षेत्रका लागि थप सकारात्मक व्यवस्थाहरू आउनेमा आशावादी रहेको बताए । साथै, सरकारले ल्याउन लागेको नयाँ यातायात मापदण्डले पनि व्यवसायीलाई उत्साहित बनाएको उनको भनाइ थियो ।

Nada (5)

नेपालमा सवारीसाधन एसेम्बल गर्नु जरुरी भए तापनि पार्टपुर्जा नेपालमै उत्पादन हुनु अझ महत्त्वपूर्ण हुनेमा उनले जोड दिए । 'पार्टपुर्जा नेपालमै उत्पादन भयो भने त्योभन्दा ठुलो केही हुने छैन,' उनले भने ।

Nada (6)

यस पटकको नाडा अटो शोमा पहिलोपटक ह्युमनोइड रोबोट र उड्ने कार पनि प्रदर्शनीमा राखिएको छ, जसले अवलोकनकर्तामाझ नयाँ आकर्षण थपेको छ । आजदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको यो प्रदर्शनी ६ दिनसम्म चल्नेछ ।

Nada (7)Nada (8)Nada (9)Nada (10)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप