शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
टप एण्ड टी–२० शृङ्खला

लगातार जीतको खोजी :  मेलबर्न रेनेगड्सको सामना गर्दै नेपाल

बुधबार, ०४ भदौ २०८२, ०८ : १९
बुधबार, ०४ भदौ २०८२

सारांश

  • नेपालले अस्ट्रेलियामा जारी टी-२० शृङ्खलामा मेलबर्न रेनेगड्स एकाडेमीसँग खेल्दैछ।
  • नेपालले होबार्ट हरिकेन्सलाई पराजित गर्दै शृङ्खलामा पहिलो जित हासिल गरेको थियो।
  • नेपाल आईसीसी टी-२० विश्वकप छनोटको तयारीका लागि यो प्रतियोगिता खेलिरहेको छ।
00:00 / NaN:NaN
Audio By AI

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एण्ड टी–२० शृङ्खलाको पाँचौँ खेलमा नेपालले बुधबार मेलबर्न रेनेगड्स एकाडेमीको सामना गर्दैछ । खेल नेपाली समय अनुसार ११:१५ बजे सुरु हुनेछ ।

नेपालले हालसम्म खेलिएका ४ खेलमध्ये एक खेल मा जित र ३ खेलमा हार बेहोरेको छ । मंगलबार भएको खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले पराजित गर्दै नेपालले प्रतियोगितामा पहिलो जित हासिल गरेको थियो । योसँगै नेपालको तीन खेलको हारको शृङ्खला रोकिएको थियो । 

नेपाल पहिलो खेलमा अस्ट्रेलियाको स्थानीय टोली नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो । दोस्रो खेलमा टोली बंगलादेश ए सँग ३२ रनले स्तब्ध बन्यो भने पछिल्लो खेलमा मेलबर्न स्टार्स एकाडेमीसँग ३१ रनले हार्न पुगेको थियो ।

४ खेलबाट २ अंक बटुलेको नेपाल अंक तालिकामा पुछारबाट तेस्रो स्थानमा रहेको छ । अब अन्तिम लिग खेल अगस्त २२ तारिखमा पाकिस्तान शाहिन्सविरुद्ध खेल्नेछ । 

यस सिरिजमा विभिन्न ११ टोलीको सहभागिता रहेको छ । सिरिजमा सहभागी रहने अन्तर्राष्ट्रिय टोलीमा नेपालको राष्ट्रिय टोली, पाकिस्तान ‘ए’, बङ्गलादेश ‘ए’ र अमेरिकाको माइनर लिग विजेता सिकागो किंग्सम्यान छन् ।

त्यसैगरी, सिरिजमा अस्ट्रेलियाका बिगबास लिग (बीबीएल) को हर्बट हरिकेन्स, पर्थ स्कोर्चर्स, एडिलेड स्ट्राइकर, मेलबर्न स्टार तथा मेलबर्न रेनेगड्सका टोलीका एकेडेमी टोलीलगायतको सहभागिता रहनेछ । 

नेपालले यो प्रतियोगिता आउँदो अक्टोबरमा हुने आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीस्वरुप खेल्न लागेको क्यानले जनाएको छ । क्यानले रोहित कुमार पौडेलको कप्तानीमा १६ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ ।

क्यानले सार्वजनिक गरेको टोलीमा कुशल मल्ल कमब्याक गरेका छन्  । क्यानले नेपाली टोलीको उप कप्तानको जिम्मेवारी दीपेन्द्रसिंह ऐरीलाई दिएको छ । 

नेपाली टोली
रोहित कुमार पौडेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, गुलसन झा, भीम सार्की, रुपेस कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेस बम, साहब आलम ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप