रौतहटको गुजराबाट गाँजासहित एक जना पक्राउ
सारांश
- रौतहटको गुजरा नगरपालिकामा गाँजासहित एक जना पक्राउ परेका छन्।
- प्रहरीले उनको घरबाट ३ किलोभन्दा बढी गाँजा बरामद गरेको छ।
- पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयमा राखिएको छ।
रौतहट । रौतहटको गुजरा नगरपालिका–२ बाट प्रहरीले गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीका अनुसार गुजरा–२ निवासी ५५ वर्षीय गोपालबहादुर थिङ गाँजासहित पक्राउ परेका हुन् ।
थिङले आफ्नै घरमा लागूऔषध गाँजा खरिद–बिक्री गर्दै आएको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी रंगपुर र इलाका प्रहरी चन्द्रनिगाहपुरबाट खटिएको संयुक्त टोलीले खानतलासी गरेको हो ।
प्रहरीले उनको घर खानतलासी गर्दा कोठामा लुकाइराखेको करिब साढे ३ किलो गाँजा बरामद गरेको जनाएको छ । सोही क्रममा प्रहरीले ७८ हजार नेपाली रुपैयाँ र ६ सय १० भारतीय रुपैयाँ पनि फेला पारेको छ ।
पक्राउ परेका थिङलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गाँजा उनले कहाँबाट ल्याएका हुन् भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राष्ट्रिय दोहोरी गीत प्रतियोगिता २०८३’को उपाधि प्रितम र सपनालाई
-
अमेरिका र अस्ट्रेलिया भिड्दै, यस्तो छ अघिल्लो चरणको समीकरण
-
१२ बजे १२ समाचार: मन्त्रीको निवासमा प्रहरी पुगेपछि तरङ्गदेखि ६ दिन ढिलो गरी नेपाल भित्रियो मनसुनसम्म
-
क्षेत्रीय शान्तिका लागि पाकिस्तानी प्रधानमन्त्री र साउदी क्राउन प्रिन्सबिच संवाद
-
इरानको सैन्य शक्ति समाप्त भइसक्यो: डोनाल्ड ट्रम्प
-
इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबिच छलफल हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण