दले प्लटिङकर्ताका कारण सहर अव्यवस्थित भयो : उपत्यका विकास प्राधिकरण
सारांश
- काठमाडौं उपत्यका विकास प्राधिकरणले अव्यवस्थित सहरीकरणको मुख्य कारण अवैध प्लटिङ र जग्गा खण्डीकरण भएको जनाएको छ।
- प्राधिकरणका अनुसार, मालपोत र नापी कार्यालयले प्राधिकरण ऐन कार्यान्वयन नगर्दा समस्या बढेको छ।
- अवैध प्लटिङका कारण सडक साँघुरा हुने र प्राकृतिक विपत्ति निम्तिने जोखिम रहेको प्राधिकरणको चेतावनी छ।
काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले अवैध प्लटिङ र योजना अनुमतिबिनाको जग्गा खण्डीकरणकै कारण उपत्यकाको सहरीकरण अव्यवस्थित भएको जनाएको छ । बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणले दले प्लटिङकर्ताका कारण सहर अव्यवस्थित भएको बताएको हो ।
प्राधिकरणका अनुसार, उपत्यकामा अव्यवस्थित सहरीकरण नियन्त्रण गर्नकै लागि काठमाडौँ उपत्यका विकास प्राधिकरणको स्थापना गरिएको हो । यसका लागि काठमाडौँ उपत्यका विकास प्राधिकरण ऐन, २०४५, बस्ती विकास, सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड, २०७२, सर्वोच्च अदालतको आदेश र प्राधिकरण सञ्चालक समितिका निर्णयहरू विद्यमान कानुनी आधार भएको प्राधिकरणले जनाएको छ ।
तर, जग्गा विकास कार्यक्रम र खण्डीकरणसम्बन्धी कानुनी प्रावधान हुँदाहुँदै पनि मालपोत र नापी कार्यालयले प्राधिकरण ऐनलाई नचिन्ने र कार्यान्वयन नगरेकै कारण समस्या गहिरिँदै गएको प्राधिकरणका जिल्ला आयुक्त सुभाष बस्नेतले जानकारी दिए ।
उनले भने, 'योजना अनुमतिबाहिर दले प्लटिङकर्ताहरूले मनपरी जग्गा खण्डीकरण गर्दा उनीहरू मात्रै मोटाउने, तर राज्यको नाममा आवश्यक जग्गा छुट्टै नपर्ने, सडक साँघुरा हुने र सहर अव्यवस्थित हुने अवस्था सिर्जना भएको छ ।'
काठमाडौँ उपत्यकाका वरिपरिको डाँडाकाँडामा कानुनले निषेध गरेको ३० डिग्रीभन्दा बढी भिरालो जमिनमा समेत दले प्लटिङ भइरहेको उनले बताए । यसले प्राकृतिक विपत्ति निम्त्याई जनधनको क्षति बढाएको प्राधिकरणले चेतावनी दिएको छ ।
प्राधिकरणले जग्गा प्लटिङ्ग गर्दा कानुनअनुसार अनिवार्य रूपमा योजना अनुमति लिनुपर्नेमा जोड दिएको छ । योजना अनुमति लिएमा कम्तीमा २० फिट फराकिला सडक बन्ने, जसले एम्बुलेन्स र दमकल जस्ता सेवाको पहुँच सहज बनाउने, साथै थप ५ प्रतिशत जग्गा खुला राख्नुपर्ने कानुनी प्रावधानले विपत्तिको समयमा नागरिकलाई सुरक्षित स्थान उपलब्ध गराउने प्राधिकरणले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण