‘सकम्बरी’ बाट फिल्ममा कमब्याक गर्दै जीवन लुइँटेल
बुधबार, ०४ भदौ २०८२, १२ : ४०
सारांश
- अभिनेता जीवन लुइँटेल ७ वर्षपछि फिल्म 'सकम्बरी' बाट कमब्याक गर्दैछन्।
- कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्ने फिल्ममा अर्पण थापाको पनि अभिनय रहनेछ।
- 'शिरीषको फूल' बाट प्रभावित भई बन्ने फिल्मको छायाङ्कन तिहारपछि हुनेछ।
काठमाडौँ । नाटक ‘शिरीषको फूल’ बाट थियटर डेब्यु गरेका अभिनेता जीवन लुइँटेलले ७ वर्षपछि फिल्ममा पनि कमब्याक गर्ने भएका छन् । कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको ‘सकम्बरी’ बाट उनले फिल्ममा कमब्याक गर्ने भएका हुन् ।
फिल्मका लागि कान्तिपुर फिल्म एकेडेमीले बुधबार जीवनसँग लिखित सम्झौता समेत गरेको छ । अभिनेता अर्पण थापाको समेत अभिनय रहने फिल्मको निर्देशकबारे आउँदो साता जानकारी दिइने एकेडेमीका सीइओ प्रकाश पुरीले बताए ।
तिहारपछि छायाङ्कन हुने फिल्मको अहिले प्रिप्रोडक्सन भइरहेको छ । पारिजातको चर्चित पुस्तक ‘शिरीषको फूल’ का पात्रबाट प्रभावित भएर फिल्म बनाउन लागिएको हो । फिल्ममा जीवनले सुयोगवीर र अर्पणले शिवराजको चरित्र निर्वाह गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण