नेपाल ओलम्पिक कमिटीको विवाद नयाँ मोडमा, प्रधान भन्छन्– म अध्यक्ष हुँ भन्ने जानकारी छैन
सारांश
- नेपाल ओलम्पिक कमिटी (एनओसी) विवादले नयाँ मोड लिएको छ, ध्रुवबहादुर प्रधानले तदर्थ समितिको अध्यक्ष अस्वीकार गरे।
- प्रधानले आफू निवर्तमान अध्यक्ष र मानार्थ ओलम्पिकको अध्यक्ष मात्र भएको बताए, तर सरकारले अर्को समिति गठन गरेको छ।
- जीवनराम श्रेष्ठ नेतृत्वको समितिलाई आईओसी र ओसीएले मान्यता दिएको छ, तर सरकारले उनलाई अवैध मान्दै आएको छ।
काठमाडौँ । नेपाल ओलम्पिक कमिटी (एनओसी) को विवादले नयाँ मोड लिएको छ। सरकारद्वारा गठन गरिएको तदर्थ समितिका अध्यक्ष ध्रुवबहादुर प्रधानले आफू सो समितिको अध्यक्ष भएको कुरालाई अस्वीकार गरेका छन् । तदर्थ समिति ओलम्पिक भवनमा प्रवेश गरेको विषयमा समेत उनले आफूलाई जानकारी नभएको बताए ।
‘म आफूलाई मानिराख्ने त अहिले निवर्तमान अध्यक्ष र मानार्थ ओलम्पिकको अध्यक्ष हो,’ उनले बुधबार रातोपाटीसँग भने। उनले आफूलाई यी दुई पदमा मात्र स्वीकार गरेका छन् । गत साउन २७ गते २३ खेल सङ्घको भेलाले प्रधानको अध्यक्षतामा तदर्थ समिति गठन गरेको थियो।
सोही समिति बुधबार सातदोबाटोस्थित ओलम्पिक कमिटीको कार्यालयमा प्रवेश गरेको थियो। तर, अध्यक्ष भनिएका प्रधानले भने यसबारे आफूलाई कुनै जानकारी नभएको बताए। ‘मलाई थाहा छैन,’ समितिको कार्यालय प्रवेशबारे सोधिएको प्रश्नमा उनले भने, ‘म अर्कै ठाउँमा एउटा मिटिङमा थिए ।’
नेपाल ओलम्पिक कमिटीमा हाल दुई समानान्तर समिति क्रियाशील छन्। जीवनराम श्रेष्ठ नेतृत्वको समितिलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) र एसियाली ओलम्पिक परिषद् (ओसीए) को मान्यता छ । तर, राष्ट्रिय खेलकुद विकास ऐन विपरीत तेस्रो कार्यकालका लागि निर्वाचित भएको भन्दै सरकारले श्रेष्ठ नेतृत्वको समितिलाई अवैध मान्दै आएको छ।
सरकारको समर्थनमा पूर्वअध्यक्ष ध्रुवबहादुर प्रधानको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । तर, समितिका संयोजक भनिएका व्यक्तिले नै आफ्नो पदीय जिम्मेवारीबारे अनभिज्ञता र अस्वीकारोक्ति जनाएपछि ओलम्पिक विवाद थप रहस्यमय र जटिल बनेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण