राजनीतिक दलहरू कहिल्यै पुराना हुन सक्दैनन् : शंकर पोखरेल
सारांश
- एमाले महासचिव शंकर पोखरेलले राजनीतिक दलहरू कहिल्यै पुराना नहुने बताए।
- उनले नेपाली कांग्रेसका नेता प्रदीप गिरिको सम्झनामा आयोजित कार्यक्रममा यस्तो धारणा राखे।
- पोखरेलले राजनीतिक दलहरू इतिहास हुनसक्ने तर पुराना हुन नसक्ने तर्क गरे।
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक दलहरू कहिल्यै पनि पुराना हुन नसक्ने बताएका छन् । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्मृतिका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले राजनीतिक दलहरू इतिहास हुनसक्ने भए पनि पुराना हुन नसक्ने बताएका हुन् ।
उनले विगतमा राम्रा काम गर्नेहरूबाट सिक्नुपर्ने भन्दै स्कुल अफ डेमोक्रेसीको उद्देश्य पनि त्यही रहेको बताए । ‘नेपालको राजनीतिमा एक प्रकारले पुराना पार्टी र पुरानो नेतृत्व अब काम लाग्दैन भन्ने खालको भाष्य निर्माण गर्न खोजिएको देखिन्छ’, उनले भने, ‘त्यो कसले गर्न खोज्दैछ भन्दा नीति सिद्धान्त र विचार केही छैन ।’
उनले राजनीतिक दलहरू इतिहास हुनसक्ने भए पनि नीति र कार्यक्रमका हिसाबले पुराना हुन नसक्ने दाबी गरे । ‘राजनीतिक दलहरू कहिल्यै पुराना हुन सक्दैनन् बरु इतिहास हुन सक्छन्’, पोखरेलले भने- ‘उनीहरू सदैव जीवन्त हुन्छन् किनकि आफ्ना नीतिहरूलाई अद्यावधिक गरिरहन्छन् ।’
फरक प्रसङ्गमा नेता पोखरेलले दुई ठुला दल मिलेर साना दललाई पेल्न खोजको भन्ने भनाइको प्रतिवाद गरे । उनले नीतिका आधारमा जनमतलाई ध्रुवीकरण गर्ने आधार खोजेर स्थायित्वको खोजी गर्नुपर्ने बताए ।
एमालेले एमालेमै, कांग्रेसले कांग्रेसमै र माओवादीले माओवादीलाई भोट हाल्ने अवस्था आउनुपर्ने भन्दै राजनीतिलाई सह बाटोमा अघि बढाउन आफूले ध्रुवीकरणको पक्षमा बोल्दै आएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण