नागरिकको आवश्यकता अनुसार काम गर्छु : मुख्यमन्त्री बानियाँ
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नागरिकको आवश्यकतालाई मध्यनजर गरेर काम गर्ने बताएका छन् । सबै नागरिकका आवश्यकता अनुसारको विकास तथा सेवालाई सरकारले प्राथमिकता दिने बताए ।
मुख्यमन्त्रीको निर्वाचन क्षेत्र मकवानपुर क्षेत्र नम्बर २ (ख) स्थित मनहरी गाउँपालिकाले बुधबार आयोजना गरेको मुख्यमन्त्रीको स्वागत तथा तीज विशेष सांस्कृतिक कार्यक्रममा बोल्दै बानियाँले विकासमा दलीय पक्षपातको अन्त्य गरिने दाबी गरे । उनले यो वा त्यो पार्टी नभनी समग्र प्रदेशको विकासमा गर्नु आफ्नो कर्तव्य रहेको बताए ।
जनताको भोटको सम्मान गर्दै जनमुखी काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । मुख्यमन्त्री बानियाँले गरिबमुखी, जनमुखी, आयमुखी र न्यायमुखी काम गरी प्रदेशको समग्र विकासमा काम गर्ने बताए ।
आफ्नो निर्वाचन क्षेत्रका जनताको भावना र मर्मलाई मध्यनजर गर्दै निष्पक्ष ढङ्गबाट जिम्मेवारी पूरा गर्ने उनको भनाई छ ।
‘मनहरीका जनताले मलाई चुनाव जिताएर ठुलो योगदान गरेका छन् । जनताले विश्वासकै कारण म मुख्यमन्त्री बन्न सकेँ । अब सबै जनताको आवश्यकतालाई मध्यनजर गरी यो वा त्यो पार्टी नभनी विकास गर्नु मेरो कर्तव्य हो ।’ मुख्यमन्त्री बानियाँले भने ‘मनहरी गाउँपालिकाको लामिटार चकरी मकरी सडकलाई विशेष प्राथमिकता दिई कालोपत्रेसँगै पूर्वाधार विकासमा प्राथमिकता दिनेछु ।’
मुख्यमन्त्री बानियाँले बुधबार नै मनहरी स्थित आफ्नो निर्वाचन क्षेत्रमा रहेको सम्पर्क कार्यालयमा पुगी आम नागरिकका समस्या र गुनासा सुनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट
-
प्रदेश सरकारहरू फेरबदल गर्ने कांग्रेस–एमाले पूर्वसहमति कार्यान्वयनमा के छ गृहकार्य ?
-
‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ पारित
-
ठमेल पर्यटन विकास परिषद्को निर्वाचन : डङ्गोल र राजभण्डारी समूहबिच प्रतिस्पर्धा
-
राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहत राख्ने प्रस्ताव
-
राष्ट्रियसभाबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक’ पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण