महालक्ष्मी विकास बैंकको सन्तुलित वित्तीय विवरण, लाभांश वितरण क्षमतामा उल्लेख्य वृद्धि
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको अन्त्यसम्म सन्तुलित वित्तीय नतिजा सार्वजनिक गरेको छ ।
बैंकले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार यस अवधिमा बैंकले ५० करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
लाभांश वितरण क्षमतामा समेत उल्लेख्य सुधार गर्दै बैंकले ११.५१ प्रतिशत सम्म लाभांश वितरण गर्न सक्ने क्षमता हासिल गरेको छ ।
सोही अवधिसम्म बैंकले ५६ अर्ब २२ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी ४५ अर्ब ८५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । कर्जा प्रवाह अघिल्लो आर्थिक वर्षको तुलनामा ५.०५ प्रतिशतले वृद्धि भएको हो ।
शेयरधनी कोषमा प्रतिफल ११.७९ प्रतिशत पुगेको बैंकको कर्जा–निक्षेप अनुपात ८३.९८ प्रतिशत छ । नेपाल राष्ट्र बैंकले तोकेको सीमा भित्रै रहेको खराब कर्जा अनुपात ४.८६ प्रतिशत मात्र छ भने पुँजी पर्याप्तता अनुपात पर्याप्त रहेको बैंकले जनाएको छ । यसले गर्दा आगामी दिनमा व्यवसाय विस्तारमा कुनै पुँजीगत दबाब नरहने देखिन्छ ।
वित्तीय विवरणअनुसार २०८१/८२ को आषाढ मसान्तसम्म बैंकको कोष लागत प्रतिशत ४.५६ प्रतिशतमा झरेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २.४७ प्रतिशत कम हो ।
कोष लागत घटेसँगै बैंकको आधार दर पनि घटेर २०८२ साल साउन मसान्तसम्म ६.५४ प्रतिशतमा पुगेको छ । यसले गर्दा ऋणीहरूले लिने कर्जाको ब्याजदर पनि तुलनात्मक रूपमा कम हुने भएकाले सोको प्रत्यक्ष लाभ ग्राहकले पाउने भएका छन् ।
बैंकले हालै आफ्नै मोबाइल बैंकिङ एप ‘महालक्ष्मी स्मार्ट साथी’ मा भर्चुअल क्रेडिट कार्डको सुविधा सुरु गरेको छ ।
“सबल बैंक, सफल सहकार्य” भन्ने नारासहित गुणस्तरीय वित्तीय सेवा घरदैलोमा पुर्याउँदै आएको बैंकसँग देशभर १०३ शाखा र ८ लाखभन्दा बढी ग्राहक रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण