सरुवा
काठमाडौँका सीडीओ फेरिए, ललितपुर र भक्तपुरमा नयाँ पदस्थापन
बुधबार, ०४ भदौ २०८२, २१ : २२
काठमाडौँ । गृह मन्त्रालयले उपत्यकाका प्रमुख जिल्ला अधिकारी(सीडीओ) हरूको सरुवा र पदस्थापन गरेकाे छ ।
मन्त्रालयले बुधबार काठमाडौँमा सीडीओकाे सरुवा गरेकाे हाे । ललितपुर र भक्तपुरमा भने सीडीओकाे पद रिक्त थियाे । रिक्त ठाउँमा नयाँ दुई सहसचिवकाे पदस्थापन गरिएकाे हाे ।
काठमाडौँको प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई बनाएर पठाइएको छ । यसअघि काठमाडाैँका सीडीओ रहेका ऋषिराम तिवारीलाई गृह मन्त्रालय तानिएकाे छ ।
ललितपुरमा सहसचिव सुमन घिमिरेलाई सीडीओ बनाइँदा भक्तपुरमा गृह मन्त्रालयका सहसचिव नमराज घिमिरेलाई पदस्थापन गरिएको छ ।
मन्त्रालयले उनीहरूसहित अन्य सहसचिवहरूको समेत सरुवा गरेको हो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण