माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
बुधबार, ०४ भदौ २०८२, २१ : ३६
सारांश
- कमल गाउँपालिका-३ मा माछा मार्ने क्रममा २१ वर्षीय उज्ज्वल राईको करेन्ट लागेर मृत्यु भयो।
- घाइते राईलाई अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरे।
- पछिल्लो समय झापामा करेन्ट लागेर मृत्यु हुनेको संख्या बढ्दै गएको छ।
झापा । माछा मार्ने क्रममा करेन्ट लागेर आज दिउँसो कमल गाउँपालिका–३ का २१ वर्षीय उज्ज्वल राईको मृत्यु भएको छ । स्थानीय ढ्याङ्ग्री खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लाग्दा राई घाइते भएका थिए ।
घाइते राईलाई उपचारका लागि दमकस्थित लाइफ लाइन अस्पताल पुर्याउना साथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुई दिनअघि मात्र बिग्रिएको टेबल पङ्खा बनाउने क्रममा करेन्ट लागेर मेचीनगर नगरपालिका–५ का २२ वर्षीय सन्दीप राजवंशीको मृत्यु भएको थियो ।
झापामा पछिल्लो समय करेन्ट लागेर मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको जिल्ला प्रहरीका प्रवक्ता खगेन्द्र खड्काले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पुष्पा २’ को प्रिमियरमा भएको भागदौड प्रकरण : अल्लू अर्जुनलाई आफै अदालतमा उपस्थित हुन आदेश
-
नेटफ्लिक्सले समय रैनाको ‘इन्डियाज गट लेटन्ट’ ल्याउँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
बङ्गलादेशी भूमिमा अस्ट्रेलियाको पहिलो सिरिज जित, रेनश र डेविड नायक
-
ऋषभ पन्त पारिश्रमिक घटाएर दिल्ली क्यापिटल्स फर्किँदै, कुलदीप यादव लखनउ जाने
-
देशभर किन बढ्यो रेबिजविरुद्ध खोपको अभाव ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण