लिपुलेक-लिम्पियाधुरा नेपालको हो, बाहिरी सम्झौता स्वीकार्य छैन: विप्लव
सारांश
- नेकपा महासचिव विप्लवले भारत र चीनबीच लिपुलेक हुँदै सीमा व्यापार खोल्ने सहमतिलाई नेपालको सार्वभौमिकतामाथिको हस्तक्षेप भनेका छन्।
- विप्लवले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको अविभाज्य भूभाग भएको बताउँदै नेपालको सहमति बिना कुनै पनि सम्झौता अस्वीकार्य हुने बताए।
- भारत र चीनबीचको सहमतिपछि लिपुलेक हुँदै सीमा व्यापार खुलाउने निर्णय भएको छ, जसलाई नेपालले अझै मान्यता दिएको छैन।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले भारत र चीनबिच लिपुलेक हुँदै सीमा व्यापार पुनः खोल्ने सहमति नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप भएको बताएका छन्।
उनले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालकै अविभाज्य भूभाग भएको भन्दै नेपाल सरकारको सहमति विना यस भूभाग प्रयोग गर्ने कुनै पनि सम्झौता अस्वीकार्य हुने चेतावनी दिए।
‘लिम्पियाधुरा नेपालको हो। नेपालको सहमति विना बाहिरबाट प्रयोग गर्न जो कसैले खोजे पनि त्यो नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप हो। यस्तो अत्याचार नेपाली जनताले कहिल्यै स्वीकार गर्ने छैनन्,’ विप्लवले बुधबार सामाजिक सञ्जालमा लेखेका छन् ।
भारत र चीनबिच हालै भएको छलफलपछि लिपुलेक हुँदै सीमा व्यापार खुलाउने सहमति भएको छ। यसअघि भारतले कालापानी र लिपुलेकलाई आफ्नो नक्सामा समावेश गरेपछि नेपालले संसद्बाट नयाँ नक्सा पारित गरी आफ्नो भूभाग संरक्षणको कदम चालेको थियो। तर, चीन र भारत दुवैले नेपालको नक्सालाई अझै मान्यता दिएका छैनन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण