वैदेशिक रोजगारीका नाममा ठगी : विभागमा उजुरीको चाङ
सारांश
- वैदेशिक रोजगार विभागमा ११ महिनामा ठगीसम्बन्धी ५,५५४ उजुरी दर्ता भएका छन्।
- गत आर्थिक वर्षमा ठगीका ४,९७४ उजुरी परेका थिए, जसमध्ये ५२८ वटामा मिलापत्र र २१५ वटा अदालतमा पुगे।
- ठगीबाट पीडितलाई ३२ करोड ८७ लाखभन्दा बढी क्षतिपूर्ति भराइएको छ, तर ठगीका घटना अझै रोकिएका छैनन्।
काठमाडौँ । वैदेशिक रोजगारीको नाममा ११ महिनाको अवधिमा ठगीसँग सम्बन्धित उल्लेख्य उजुरी प्राप्त भएको वैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाएको छ ।
वैदेशिक रोजगार विभागले गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको एक महिनाको अवधिमा मुद्दा तथा अनुसन्धान शाखामा ५ हजार ५५४ वटा उजुरी प्राप्त भएको जनाएको छ ।
विभागले सार्वजनिक गरेको प्रगतिविवरणअनुसार आर्थिक वर्ष २०८१/०८२ मा ठगीका ४ हजार ९७४ उजुरी प्राप्त भएका थिए । यस्तै साउन महिनामा थप ५८० वटा उजुरी प्राप्त भएको विभागको भनाइ छ ।
यसअघि असार महिनामा भने ६८१ वटा उजुरी परेका थिए । विभागका अनुसार गत आर्थिक वर्षमा परेका उजुरीमध्ये ५२८ वटा मिलापत्र गराइएको छ भने २१५ वटा उजुरी अदालत पुगेको छ । जसबाट ३२ करोड ८७ लाख भन्दा बढी रकम क्षतिपूर्ति भराइएको छ ।
यस्तै साउन महिनामा ५८० मध्ये ७४ वटा उजुरीमा मिलापत्र गराइएको छ भने २६ वटा मुद्दा अदालतमा पुगेको छ । मिलापत्रबाट साढे ३ करोड रुपैयाँ भन्दा बढी क्षतिपूर्ति भराइएको विभागले जनाएको छ ।
यसैगरी विभागकै प्रहरी शाखामा ५ हजार ३३७ वटा उजुरी दर्ता भएका छन् । जसमा १२ वटा मिलापत्र हुँदा ४ हजार ८७६ मुद्दा फर्छ्योट गरिएको छ । यस्तै ४४९ वटा उजुरी अझै फर्छ्यौट हुन बाँकी रहेको विभागले जनाएको छ ।
विभागको तथ्यांकअनुसार साउन महिनामा प्रहरीको मुद्दा शाखामा पनि थप ५२२ वटा मुद्दा दर्ता भएका थिए । जसमा ४४३ वटा मुद्दा फर्छ्यौट हुँदा अझै ७९ वटा मुद्दा बाँकी रहेको छ ।
गत आर्थिक वर्षमा कुल ८ लाख ३९ हजारले श्रम स्वीकृति लिएका थिए । वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या वृद्धिसँगै वैदेशिक रोजगारीसँग सम्बन्धित ठगीका घटना पनि बढेका छन् । ठगीबाट बच्न सचेतनामूलक कार्यक्रम चलाउने गरिएपनि घटना भने रोकिन नसकेको सरोकारवालाहरूको भनाइ छ ।
वैदेशिक रोजगारीमा जाने अधिकांश युवा घरगाउँकै दाजुभाइ, दिदीबाहिनी, आफन्त र सहरका वैदेशिक रोजगार व्यवसायी कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सल्टेन्सीलगायतबाट ठगिने गरेको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण