अपशब्द बोलेको भन्दै जाम्पालाई कारबाही
सारांश
- अस्ट्रेलियाका बलर एडम जाम्पालाई दक्षिण अफ्रिकाविरुद्धको खेलमा आचारसंहिता उल्लंघनको आरोप लागेको छ।
- आईसीसीले जाम्पालाई अपशब्द प्रयोग गरेको आरोपमा एक डिमेरिट अङ्क र चेतावनी दिएको छ।
- जाम्पाले गल्ती स्वीकार गरेकाले सुनुवाइ भएन र अस्ट्रेलिया पहिलो एकदिवसीय खेलमा पराजित भयो।
काठमाडौँ । अस्ट्रेलियाली लेग स्पिनर एडम जाम्पालाई दक्षिण अफ्रिका विरुद्धको पहिलो एकदिवसीय खेलमा ‘अपशब्द प्रयोग’ गरेको आरोपमा आचारसंहिता उल्लंघनको कारण कारबाही गरिएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले उनलाई पहिलोपटक २४ महिनाभित्र यस्तो गल्ती गरेको भन्दै एक डिमेरिट अङ्क र स्तर १ उल्लङ्घन अन्तर्गत चेतावनी दिएको हो।
दक्षिण अफ्रिकाको इनिङ्सको ३७ औँ ओभरमा, जाम्पाको बलिङमा भएको मिसफिल्ड र ओभर थ्रोपछि उनले टेलिभिजन प्रसारणको स्टम्प माइकमा सुन्न सकिने गरी अपशब्द प्रयोग गरेका थिए।
उनीमाथि आईसीसी आचारसंहिता (धारा २.३) अन्तर्गत कारबाही भएको हो, जसमा ‘अन्तर्राष्ट्रिय खेलमा अपशब्द प्रयोग नगर्ने’ उल्लेख छ।
जाम्पाले गल्ती स्विकारेकाले औपचारिक सुनुवाइको आवश्यकता परेन। स्तर १ उल्लङ्घनमा न्यूनतम सजाय चेतावनी र अधिकतम सजाय खेलाडीको म्याच शुल्कको ५०% जरिवाना तथा १–२ डिमेरिट अङ्कसमेत हुन सक्छ।
अस्ट्रेलिया पहिलो एकदिवसीयमा दक्षिण अफ्रिकासँग ९८ रनले पराजित भयो। जाम्पाले खेलमा १० ओभरमा ५८ रन खर्चेर १ विकेट लिएका थिए।
दोस्रो र तेस्रो एकदिवसीय क्रमशः शुक्रबार र आइतबार खेलिनेछ। यसअघि अस्ट्रेलियाले तीन खेलको टी-२० सिरिज २–१ ले जितेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण