रियल म्याड्रिडका ‘आउटकास्ट’ रोड्रिगो प्रिमियर लिगतर्फ?
सारांश
- रियल म्याड्रिडका वेङर रोड्रिगोको भविष्य अनिश्चित बनेको छ, प्रशिक्षकले उनलाई ओसासुनाविरुद्धको खेलमा खेलाएनन्।
- म्यानचेस्टर सिटी र लिभरपुल रोड्रिगोलाई अनुबन्ध गर्न इच्छुक छन्, जोर्ज निकोलाका अनुसार दुई क्लबबीच प्रतिस्पर्धा छ।
- रोड्रिगोको रियल म्याड्रिडसँग २०२८ सम्म सम्झौता छ, तर रियलले उनलाई १०० मिलियन युरोभन्दा कममा बेच्ने सम्भावना छैन।
म्याड्रिड । रियल म्याड्रिडका ब्राजिलियन वेङर रोड्रिगोको भविष्य अनिश्चित बनेको छ। प्रशिक्षक ज्याभी अलोन्सोले ओसासुनाविरुद्धको लिग खेलमा उनलाई प्रयोग नगरेपछि, उनको क्लबसँगको सम्बन्ध थप जटिल बन्दै गएको हो।
अलोन्सोले ‘यो केवल एउटा खेलको निर्णय हो, म अझै रोड्रिगोमाथि भरोसा गर्छु’ भन्दै शङ्का हटाउने प्रयास गरे पनि ट्रान्सफर बजारमा चासो तीव्र बनेको छ।
पत्रकार जोर्ज निकोलाका अनुसार, प्रिमियर लिगका दिग्गज क्लबहरू म्यानचेस्टर सिटी र लिभरपुलबिच रोड्रिगोको लागि तीव्र प्रतिस्पर्धा चलिरहेको छ।
पेप ग्वार्डिओलाले साविन्हो टोटनह्यामतर्फ जाने सम्भावनामा उनलाई प्राथमिक लक्ष्य बनाएका छन् भने लिभरपुलले बायर्न म्युनिख गएका लुइस डियाजको प्रत्यक्ष विकल्पका रूपमा रोड्रिगोलाई नियालेको छ।
रोड्रिगोसँग सन् २०२८ सम्मको करार भए पनि रियल म्याड्रिडले १०० मिलियन युरोभन्दा कममा उनलाई बेच्ने मनसाय नरहेको प्रस्ट पारेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण