शिक्षा विधेयक सके सहमतिमा नभए फरक मत राखेर भए पनि प्रतिनिधिसभासम्म पुर्याऊँ : सुमना श्रेष्ठ
बिहीबार, ०५ भदौ २०८२, १० : ३०
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले विद्यालय शिक्षा सम्बन्धी विधेयकमा सहमति जुटाउनुपर्ने बताइन्।
- उनले सहमतिमा नभए फरक मत राखेर भए पनि विधेयकलाई प्रतिनिधिसभामा लैजानुपर्ने धारणा राखिन्।
- विधेयकमा निजी विद्यालयले पूर्ण छात्रवृत्ति र आवास दिने विषयमा विवाद रहेको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले विद्यालय शिक्षा सम्बन्धी विधेयकमा बिहीबार जसरी भए पनि सहमति जुटाउनु पर्ने बताएकी छन् ।
सिंहदरबारस्थित समिति सचिवालयमा जारी प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा सकभर सहमतिमा नभए फरक मत राखेर भए पनि विधेयक प्रतिनिधिसभासम्म पुर्याउनुपर्ने बताएकी छन् ।
उनले भनिन्, ‘आज जसरी भए पनि प्रतिनिधिसभासम्म पुर्याउनुपर्छ । सके सहमतिमा जाऊँ नभए फरक मत राखेर भए पनि प्रतिनिधिसभासम्म जाऊँ ।’
विधेयकमा दुई विषयमा विवाद छ । विधेयकमा निजी विद्यालयले पूर्ण छात्रवृत्तिमा आवास र पोसाक दिने विषय विवादित छ । श्रेष्ठ पूर्व शिक्षा विज्ञान तथा प्रविधिमन्त्री पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण