गाजाबाट भाग्न थाले प्यालेष्टिनी
बिहीबार, ०५ भदौ २०८२, १२ : ५१
सारांश
- इजरायली सेनाले गाजा कब्जा गर्न थालेपछि प्यालेस्टिनीहरू शहर छाड्दैछन्।
- इजरायली सेनाले जैतुन र जबालिया क्षेत्रमा सैनिक तैनाथ गरेको छ।
- संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसले गाजामा तत्काल युद्धविरामको लागि आह्वान गरेका छन्।
रफाह । गाजा शहरबाट ठूलो संख्यामा प्यालेष्टिनी भाग्न थालेका छन् । इजरायली सेनाले गाजा कब्जामा लिने कारबाही सुरु गरेपछि प्यालेस्टिनीहरू सहर छाडेर भागिरहेको सहरका अधिकारीहरूले बताएका छन् ।
इजरायली सेनाले सहरको बाहिरी हिस्सामा पाइला राखिसकेका छन् । कयौँ दिनदेखि भारी बमवारि र गोलाबारुद प्रहारपछि इजरायली सेनाले हालै जैतुन र जबालिया क्षेत्रमा सैनिकहरू तैनाथ गरेका थिए ।
यसैबीच, संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा तत्काल युद्धविरामको लागि आफ्नो अपिल दोहोर्याएका छन् । यो सैन्य कारबाहीले मृत्यु र विनाश निम्त्याउने निश्चित भएको अनि यसलाई रोक्न निकै जरुरी भएको गुटेरेसले भनेका थिए ।
गाजाका अधिकारीहरूका अनुसार, दस लाखभन्दा बढी मानिसहरू बसोबास गर्ने यो क्षेत्र पहिले नै धेरै दिनदेखि भारी बमवारि सामना गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण