मिस नेपालकी जज रचना गुरुङको किन भयो आलोचना ?
काठमाडौँ । ‘मिस नेपाल’ नेपालको सबैभन्दा ठुलो सौन्दर्य प्रतियोगिता । ठुलो प्रतिगिताको चर्चा पनि ठुलै हुने भइहाल्यो ।
मिस नेपाल यसका प्रतियोगी, विजेता र जजका कारण पनि अक्सर चर्चामा रहन्छ । अहिले मिस नेपाल-२०२५ चलिरहेको छ । यसका दुईवटा एपिसोड प्रसारण भइसकेका छन् । विभिन्न इभेन्टहरु पनि युट्युबमा अपलोड भइरहेका छन् ।
यस्तोमा पछिल्लो समय मिस नेपालको एउटा क्लिप सामाजिक सञ्जाल खासगरी टिकटक र फेसबुकमा आलोचनाको केन्द्रमा छ । आलोचनासँगै प्रशंसा पनि भइरहेको छ ।
यसपटक मिस नेपालको इतिहासमै पहिलोपटक शारीरिक अपांगता भएकी रोशनी नामकी युवतीले सहभागिता जनाइन् । उनको सहभागितालाई लिएर सामाजिक सञ्जालमा थुप्रैले प्रशंसा गरेका छन् । रोशनीको प्रशंसा भइरहँदा उनीप्रति ‘असंवेदनशील’ व्यवहार देखाएको भन्दै प्रतियोगिताकी जज रचना गुरुङको चर्को आलोचना भइरहेको छ । जसकारण रचनाले सामाजिक सञ्जालमा गालीगलौज र बुलिङको सामना गर्नुपरेको छ ।
अडिसनका लागि रोशनी जजहरुसामु पुग्छिन् । तब जजमध्येकी रचना गुरुङले उनलाई अंग्रेजीमा भन्छिन्- ‘हामीले पहिलो प्रश्न के सोध्छौं भन्ने तिमीलाई पक्कै थाहा छ ।’
रोशनीले सायद प्रश्नको भाव बुझिनन् र भन्छिन्- ‘सरी’ ।
त्यसपछि रचना दोहोर्याउँछिन्- ‘हामीले पहिलो प्रश्न के सोध्दैछौँ भन्ने पक्कै तिमीलाई थाहा छ ।’
त्यसपछि रचनाले रोशनीले पछाडि राखेको हाततर्फ ईशारा गर्दै भन्छिन्- ‘एक्सप्लेन । हातको एकपटक एक्प्लेन गर न ।‘
रोशनीले जन्मजातै हातको समस्या भएको बताइन् ।
यी सबै कुरा रोशनीको हातको तल्लो भाग अधुरो भएको कारणले भइरहेको प्रष्टै हुन्छ ।
उनले कुनै दुर्घटनाले नभई जन्मजात नै आफ्नो हातमा समस्या भएको भन्दै उनले आफ्नो जन्मपछि आफूले भन्दा पहिले बुवाआमाले अपाङ्गताको सामना गर्नुपरेको बताइन् । यस कुराले जज प्यानलमा सन्नाटा छायो । त्यसपछि रचनाले उनलाई ढाडस दिँदै निकै हौसला समेत दिएकी छिन् । जजमा पूर्वमिस नेपाल माल्भिका सुब्बासहित अन्य तीनजना थिए ।
खासमा रचना गुरुङ उति गलत नलागे पनि सुरुमा उनले रोशनीप्रति अलिकति ‘असंवेदनशील’ व्यवहार देखाएको चाहिँ लाग्छ । यही कारण केही सेलिब्रेटीदेखि सामाजिक सञ्जाल प्रयोगकर्ताहरु उनीमाथि खनिएका हुनसक्छन् । जसमा मोडल तथा अभिनेत्री एलिजा गौतमसमेत छिन् । एलिजाले आफ्नी छोरीमा पनि यस्तै समस्या रहेकाले आफूलाई यस घटनाले निकै ‘रिलेट’ गरेको बताएकी छिन् । उनले जजको कुर्सीमा बसेपछि संवेदनशील भएर ‘ट्रिट’ गर्न सुझाएकी छिन् ।
६ वर्षअघि पनि उनले मिस नेपालकी एक आकांक्षीलाई मेकअप किन नगरी आएको ? भन्दा उनी आलोचित बनेकी थिइन् ।
मिस नेपालको ग्रान्ड फिनाले भदौ १४ मा हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण