लोकसेवा परीक्षामा नक्कली परीक्षार्थी पक्राउ
सारांश
- सुर्खेतमा लोकसेवा परीक्षा दिइरहेका दुई नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा जाजरकोट र दैलेखका दुई जनाको सट्टा परीक्षा दिन आएका व्यक्तिहरू छन्।
- प्रहरीले पक्राउ परेका व्यक्तिहरूमाथि लिखत तथा किर्ते कसुरमा अनुसन्धान गरिरहेको छ।
सुर्खेत । सुर्खेतमा लोकसेवा परीक्षा दिइरहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान ९:३० बजे सुर्खेत जिल्ला, वीरेन्द्रनगर–७ स्थित लोकसेवा आयोग सुर्खेत कार्यालयमा सञ्चालित सञ्चार/इन्जिनियर प्राविधिक प्रहरी जवान परीक्षामा नक्कली परीक्षार्थीहरू पक्राउ परेका हुन्।
नागरिकता र प्रवेश पत्रमा फोटो बदल गरेर सट्टामा परीक्षा दिन आएका ४ जना नक्कली परीक्षार्थीमध्ये दुई जनालाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ पर्नेहरूमा जाजरकोट छेडागाड न.पा.–१२ बस्ने धर्मराज चनराको सट्टामा परीक्षा दिन आएका कुशे गा.पा.–७ सामाकोट बस्ने २५ वर्षीय श्याम शङ्कर सिंह र दैलेख भगवतीमाई गा.पा.–५ बस्ने सुशील शाहीको सट्टामा परीक्षा दिन आएका, सोही गाउँपालिका वडा नं.–७ बस्ने २० वर्षीय भरत तिरुवा रहेका छन् ।
पक्राउ परेका व्यक्तिहरूमाथि लिखत तथा किर्ते कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। प्रहरी टोलीले नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धान अगाडि बढाइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढ्थापाले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण