ग्लोकल टिन हिरो नेपाल २०२५ का ६ फाइनलिस्ट सार्वजनिक
काठमाडौँ । ग्लोकल प्रा.लि.ले गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२५ को ११औं संस्करणका शीर्ष ६ फाइनलिस्टहरूको नाम सार्वजनिक गरेको छ।
घोषित फाइनलिस्टहरूमा धनुषाका सामग्री निर्माता कृष्ण यादव, स्याङ्जाकी यौन तथा प्रजनन स्वास्थ्य अधिकार अधिवक्ता मानुषी न्यौपाने, कपिलवस्तुका जलवायु न्याय अधिवक्ता निश्चल ढुंगाना, जुम्लाका नीति अधिवक्ता अक्सफोर्ड आचार्य, सर्लाहीकी कृषि उद्यमी रेणुका सिंह र रुपन्देहीका एआई विकासकर्ता सफल पौडेल रहेका छन्।
यसपटक बालबालिकाको अधिकार, नवप्रवर्तन, प्रविधि, उद्यमशीलता, शिक्षा, स्वास्थ्य, सामाजिक क्रियाशीलता, वातावरण, एआई विज्ञान/अनुसन्धानलगायत विभिन्न क्षेत्रमा समाजमा सकारात्मक प्रभाव पारेका ७८४ जना किशोरकिशोरीहरूको आवेदन प्राप्त भएको थियो। तीमध्ये छनोट प्रक्रियापछि निर्णायक मण्डलले उत्कृष्ट कामको सुरुवात, उपलब्धि, निरन्तरता र समाजमा पारेको प्रभावको आधारमा शीर्ष ६ जनालाई अन्तिम चरणका लागि सिफारिस गरेको हो।
निर्णायक मण्डलमा कोका–कोला नेपालकी कन्ट्री डाइरेक्टर चन्द्रिका कालिया, डब्लुडब्लुएफ नेपालका डा. घनश्याम गुरुङ, गोल्छा ग्रुपकी निर्देशक सीमा गोल्छा, भोइथका अध्यक्ष सुरज वैद्य र युरोपियन युनियनका चार्ज डी’अफेयर्स थोमस मिलर रहेका थिए। आवेदन, बायोडाटा, सहयोगी कागजात तथा उपलब्धिहरूमा आधारित निबन्धको मूल्याङ्कन गरी रचनात्मकता, उपलब्धि, प्रभाव र निरन्तरताको आधारमा फाइनलिस्ट छानिएको हो।
आगामी दिनमा फाइनलिस्टहरूले आत्म–क्षमता अभिवृद्धि कार्यशालामा सहभागी भई ज्ञान र सञ्जाल विस्तार गर्नेछन्। उनीहरूले कर्पोरेट कम्पनी, दूतावास तथा उद्योग क्षेत्रका प्रशिक्षकहरूसँग अन्तरक्रिया गर्ने अवसर पाउनेछन्। निर्णायक मण्डलले फाइनल अन्तर्वार्ता सेप्टेम्बर १ मा लिने छ भने एसएमएस भोटिङ अगस्ट २१ को साँझ ५ बजेदेखि अगस्ट ३१ को साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। प्राप्त जनमत विजेता चयनमा महत्त्वपूर्ण आधार बन्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण