भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि सर्लाही कांग्रेस सभापति सिंहले दिए राजीनामा
सारांश
- नेपाली कांग्रेसका सर्लाही जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहले पदबाट राजीनामा दिएका छन्।
- भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि उनले पार्टी सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन्।
- सिंहले आफूलाई अन्याय भएको र कानुनी तथा राजनीतिक लडाइँ जारी राख्ने बताएका छन्।
काठमाडौँ । नेपाली कांग्रेसका सर्लाही जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहले पदबाट राजीनामा दिएका छन् । पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै सिंहले शुक्रबार पदबाट राजीनामा दिएका हुन् ।
२०५६ सालमा कांग्रेसको सदस्यता लिएका सिंह सर्लाही कांग्रेसको दुई कार्यकाल उपसभापति भएर काम गरेका थिए । २०७८ साल फाल्गुण २९ गतेदेखि सर्लाही सभापति भएका थिए । उनीमाथि दायर भएको भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतले दोषी ठहर गरेपछि उनले राजीनामा दिएका हुन् ।
‘पछिल्लो पटक म माथि लगाइएको मुद्दाको सन्दर्भमा सम्मानित अदालतले निर्णय गरेको अवस्था छ । सम्मानित अदालतले गरेको निर्णय मान्ने मेरो कर्तव्य हो, तर उक्त निर्णयले मलाई अन्याय भएको मेरो ठहर छ । म माथि भएको अन्यायको, म व्यक्तिगत रूपमा मेरो कानुनी तथा न्यायिक लडाइ लडिरहनेछु । साथमा मेरो राजनीतिक लडाइ जारी नै रहनेछ । यद्यपि सम्मानित अदालतको निर्णय, नेपालको प्रचलित कानुन र पार्टीको विधान बमोजिम म सभापतिको रूपमा आफ्नो जिम्मेवारीमा निरन्तर रहने अवस्था रहेन,’ सिंहले राजीनामा पत्रमा भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण