माल्टा पुगेर कुलमानले भने, ‘समग्र रूपान्तरणका लागि सही राजनीतिक नेतृत्व आवश्यक’
सारांश
- कुलमान घिसिङले नेपालको रूपान्तरणका लागि सही राजनीतिक नेतृत्व आवश्यक रहेको बताए।
- उनले आर्थिक परिवर्तन र विदेशमा रहेका नेपालीलाई फर्काउन नीति र नेतृत्वमा परिवर्तन आवश्यक रहेको बताए।
- उनले विदेशमा रहेका नेपालीलाई नेपालको रूपान्तरणमा भूमिका खेल्न आग्रह गरे र मतदानको व्यवस्था मिलाउनुपर्नेमा जोड दिए।
माल्टा । हाल युरोपको भ्रमणमा रहेका नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको समग्र रूपान्तरणका लागि सही राजनीतिक नेतृत्व आवश्यक रहेको बताएका छन्।
एनआरएनए माल्टा तथा तामाङ समाज माल्टाद्वारा संयुक्त रुपमा आयोजित भेटघाट तथा अन्तरक्रियालाई सम्बोधन गर्दै घिसिङले राजनीति सही नभएसम्म मुलुकले फड्को मार्न नसक्ने बताएका हुन्।
मुलुकमा छिटो भन्दा छिटो आर्थिक परिवर्तन गर्न र बिदेसिएका नेपालीलाई नेपाल फर्काउन पनि नीति र नेतृत्वमा पनि व्यापक परिवर्तन आवश्यक भएको उनले बताए । उनले ३० वर्षसम्म विभिन्न जिम्मेवारीमा बसेर काम गर्दा गरेको सही नेतृत्व नहुँदासम्म देश अगाडी बढ्न नसक्ने निर्क्योलमा आफू पुगेको बताए।
"अहिले देशभरि झन्डै हरेक नेपालीको घरमा बत्तीको उज्यालो पुगेको छ। तर बत्तीको उज्यालोले मात्रै पुग्दैन, देशभित्र हरेक सेक्टर उज्यालो हुनुपर्यो। सुशासन कायम गर्न, देशभित्रै रोजगारी सिर्जना गर्न र नेपालको समृद्धिको खाका कोर्नका लागि उज्यालो नेपाल अभियान सुरु गरिएको हो," घिसिङले भने। उनले विभिन्न पार्टी भित्र रहेका, पार्टी बाहिर रहेका, स्वदेश वा विदेशमा रहेका सबै मिलेर नेपालमा राम्रो नेतृत्व जन्माउनु पर्ने बताए।
‘अहिलेको लिडरसिप सच्चिनु पर्छ, सच्चिएन भने पार्टी भित्र वा बाहिरबाट पनि लिडरसिप आउनु पर्छ,’ उनले भने। ‘राइट म्यान इन राइट प्लेस एट द राइट टाइम' नभए सम्म प्रगति हुन नसक्ने उनको जिकिर थियो ।
उनले प्रवासमा बसेर पनि नेपालको रूपान्तरणको लागि मैले के गर्न सक्छु भनेर सोच्न आग्रह गरे। ‘नेपालमा परिवर्तनका लागि तपाईँको भूमिका महत्त्वपूर्ण छ," उनले भने।
उनले सर्वोच्च अदालतले विदेशमा कार्यरत नेपालीलाई पनि मतदान गर्न दिन निर्देशन दिइसकेकाले जति सक्दो चाँडो कानुन बनाउनु पर्ने बताए। ‘यसलाई सकेसम्म चाँडो कार्यान्वयन गर्न जोड दिने छौँ, यसमा यहाँहरू सबैको साथ आवश्यक छ,’ उनले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण