ब्रिटिस कलेजले ‘छैटौँ ब्रिटिस कप' इन्टर कलेज फुटसल प्रतियोगिता गर्दै
सारांश
- द ब्रिटिस कलेजले छैटौँ ब्रिटिस कप- २०२५ इन्टर कलेज फुटसल टुर्नामेन्टको आयोजना गर्दैछ।
- प्रतियोगितामा +२ र स्नातक कलेजहरूबीच प्रतिस्पर्धा हुनेछ, विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ पाउनेछन्।
- प्रतियोगिता अगस्ट २५ देखि २९ सम्म बालुवाटारस्थित धुकु फुटसल ग्राउन्डमा हुनेछ।
काठमाडौँ। द ब्रिटिस कलेज (टीबीसी)ले ' छैटौँ ब्रिटिस कप- २०२५ इन्टर कलेज फुटसल टुर्नामेन्ट'को आयोजना गर्ने भएको छ। यस प्रतियोगितामा पहिलो पटक दुई अलग-अलग डिभिजन समावेश गरिएको छ। यही अगस्ट २५ देखि २९ सम्म बालुवाटारस्थित धुकु फुटसल ग्राउन्डमा प्रतियोगिताको आयोजना हुने भएको हो।
सन् २०१८ देखि कलेजले निरन्तर रूपमा आयोजना गर्दै आएको प्रतियोगितामा विभिन्न कलेजहरूले सहभागिता जनाउने भएका छन्।
यस पटक +२ कलेजहरू अन्तर्गत नाइटिङ्गेल कलेज, चेल्सी कलेज, डीएभी, एलआरआई, भृस्पती कलेज, बीएमसी, एआईटीएम, ओरिएन्टल, भीएस, समृद्धि कलेज, ब्लूवर्ड, डियरवाक, उल्लेन्स, ट्रिनिटी इन्टरनेशनल कलेज, एभरेष्ट फ्लोरिडा, ओरिएन्ट, सीआरसी, ग्लोबल कलेज, क्यास्पियन भ्याली, काष्ठमण्डप, मनास्लु +२ले प्रतियोगितामा सहभागिता जनाउनेछन् ।
त्यस्तै स्नातक कलेजहरू अन्तर्गत विरिन्ची कलेज, द ब्रिटिस कलेज, ब्रिटिस प्रोफेशनल कलेज (BPC), द वेस्टमिनिस्टर कलेज (TWC), थेम्स कलेज, सफ्टवैरिका कलेज, आईएससीएमटी, एपेक्स कलेज, हेराल्ड कलेज, एआईटीएम, टेकस्पायर कलेज, नाथएम, प्रेसिडेन्सियल कलेज, एलए कलेज, नागार्जुन कलेज, एआईएमएस, ट्रिनिटी कलेज, वेदस कलेज, साईम, काठमाडौँ बिजनेस क्याम्पस, इनसाइट भिजन कलेज तथा आयोजक ब्रिटिस कलेजले सहभागिता जनाउने छन् ।
प्रतियोगिताको बिजेताले १ लाख रुपैयाँ तथा उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन्।
त्यस्तै, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र फेयर प्ले टिमलाई पनि ५ हजार रुपैयाँ देखि १० हजार रुपैयाँ सम्मको नगद पुरस्कारले सम्मान गरिनेछ।
ब्रिटिस कलेजका मार्केटिङ हेड/प्रमुख अमरदीप मण्डलले छैटौँ संस्करणको प्रतियोगिता गर्न पाउँदा आफूहरू निकै खुसी भएको बताएका छन्। यस प्रतियोगिताको मुख्य उद्देश्य टिमवर्क र स्पोर्टसम्यानसिपलाई प्रोत्साहित गर्नु रहेको बताउँदै उनले नयाँ +२ डिभिजन थपिएकोमा खुसी व्यक्त गरे। उनले भने, “यसपटक +२ डिभिजन थप गरेर हामीले थप विद्यार्थीहरूलाई यो प्रतियोगितामा सहभागी हुने अवसर दिएका छौँ। हामीले प्रतियोगितालाई अझै परिष्कृत गर्दै लगेका छौँ र यसको सफल आयोजनाका लागि सहयोग गर्नुहुने सबै प्रायोजक, सहभागी टिम र कलेजका सहकर्मीहरूलाई धन्यवाद दिन चाहन्छु।” उनले प्रतियोगिता स्थलमा उल्लेख्य सङ्ख्यामा दर्शकको उपस्थिति रहने पनि आशा व्यक्त गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण