बागलुङ । यतिबेला ढोरपाटन बादलको घुम्टोसँगै ढकमक्क फुलेका राता, पहेँला, बैजनी, गुलाबी वन फूलले सजिएको छ । रंगीविरंगी फुल, हरियाली वातावरणले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण समेत गरेको छ ।
एक दशक अगाडीसम्म सुनसान प्राय रहने ढोरपाटन क्षेत्रमा पछिल्लो समय पर्यटकहरू त्यहाँ फुलेका रंगीविरंगी वनफूलसँगै बादलमा हराउन आइपुग्ने गर्दछन् । विशेषतः वर्षाको समयमा पाटनभरी फूलेका वन फूलले यहाँको सुन्दरतामा सुगन्ध थप्नुका साथै अझ रमणीय बनाउने गर्दछ ।
_j9y4OwArZ2.jpg)
पछिल्लो समयमा सामाजिक सञ्जालबाट सो क्षेत्रको प्रचारप्रसारले आन्तरिक पर्यटकहरूको आगमन बढाएको छ । यस याममा मात्र दैनिक २ सय भन्दा बढी पर्यटक ढोरपाटन उपत्यकामा रमाउन, यहाँको सुन्दरतालाई नजिकबाट नियाल्न पुग्ने गर्दछन् ।
_HMZBNi7kT4.jpg)
राके फूलका रूपमा स्थानीय रूपमा चिनिने वनफूललाई ढोरपाटन सिकार आरक्षले नाकेफूली, बुकीफूल, मदानेफूल लगायतको नाम दिएको छ । फूलसँग रमाउन आउने पर्यटकले ढोरपाटन उपत्यकाका फाँटहरूमा चहलपहल बढेको छ । देशका ठुला सहर, काठमाडौँ, पोखरा, बुटवल लगायत विभिन्न स्थानहरूबाट पर्यटक रमाउन आउने गरेका छन् जसका कारण ढोरपाटन उपत्यकामा सञ्चालित होटल व्यवसाय फस्टाउन थालेका छन् ।
_TcFz85JESU.jpg)
ढोरपाटन आउने पर्यटकहरू मध्ये केही मात्र बुकीपाटन र टिकाधारा उक्लने गर्दछन् । ढोरपाटन उपत्यकादेखि करिब ५ देखि ६ घण्टाको पैदलयात्रा पछि बुकीपाटन र तिकाधारा पुग्न सकिन्छ । जहाँ पाटनै भरी भेडा चरिरहेको सुन्दर दृश्य देख्न सकिन्छ । तस्बिर : क्षितिज तामाङ/ नेपाल फोटो लाइब्रेरी
_08MJ1eIqNF.jpg)
_LT4rHc0fn8.jpg)
_Ew7y1zoMr5.jpg)
_2h1QtFkHF6.jpg)
_cyIvgQ2UGN.jpg)
_e4fe4Phu4b.jpg)
_c5WEZKwIvG.jpg)
_EjaavA9vA4.jpg)
_nVj6VpNXH4.jpg)
_swr2vYOV0H.jpg)
_GDDrvIDBNs.jpg)
_Ck0FGyXdWN.jpg)
_eKQkIEvOSY.jpg)
प्रतिक्रिया