देशभरका विभिन्न राजमार्ग बाढी–पहिरोले अवरुद्ध, कहाँ कस्तो छ अवस्था ? (सूचीसहित)
सारांश
- अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्।
- कोशीदेखि सुदूरपश्चिम प्रदेशसम्मका विभिन्न सडकखण्डमा सवारी आवतजावत प्रभावित भएको छ, केही राजमार्ग पूर्ण रूपमा बन्द छन् भने केही एकतर्फी रूपमा सञ्चालनमा आएका छन्।
- प्रहरीका अनुसार, विभिन्न स्थानमा पहिरो र बाढीका कारण कालीगण्डकी करिडोर र पृथ्वी राजमार्गका केही खण्डमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ।
काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् ।
नेपाल प्रहरीले शनिबार बिहान सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार, कोशीदेखि सुदूरपश्चिम प्रदेशसम्मका विभिन्न सडकखण्डमा सवारी आवतजावत प्रभावित भएको छ। केही राजमार्ग पूर्ण रूपमा बन्द छन् भने केही एकतर्फी रूपमा सञ्चालनमा आएका छन् ।
जसअनुसार कोशी प्रदेशको संखुवासभामा अविरल वर्षाका कारण भोटखोला गाउँपालिका–४ बरुणमा कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
यसैगरी तेह्रथुम जिल्लाको लालीगुँरास नगरपालिका–७ तिनधुरेमा पहिरोका कारण अवरुद्ध मध्यपहाडी लोकमार्ग एकतर्फी सुचारु भएको छ ।
बागमती प्रदेशमा रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–२ मा पहिरोले नेपाल र चीन नाका जोड्ने पुल पूर्ण रूपमा अवरुद्ध बनेको छ। सोही जिल्लाको गोसाइँकुण्ड–२, ३ मा बाढीले पासङल्हामु सडक खण्ड पनि पूर्ण रूपमा बन्द भएको छ ।
मकवानपुरको भिमफेदी गाउँपालिकाका विभिन्न स्थानमा पहिरो जाँदा त्रिभुवन राजपथ र कान्ति लोकपथ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीमा गएको पहिरोले अरनिको राजमार्ग र पहिरोका कारण काठमाडौँ–नुवाकोट सडक खण्ड एकतर्फी सञ्चालनमा छ ।
यस्तै गण्डकी प्रदेशको बागलुङ, नवलपरासी (पूर्व) र तनहुँ जिल्लाका विभिन्न स्थानमा पहिरो र बाढीका कारण कालीगण्डकी करिडोर र पृथ्वी राजमार्गका केही खण्डमा एकतर्फी रूपमा मात्र सवारी सञ्चालन भइरहेको छ ।
लुम्बिनी प्रदेशमा दाङको राप्ती राजमार्ग पनि सडक एकतर्फी मात्र चालू रहेको प्रहरीले जनाएको छ ।
कर्णाली प्रदेशको रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६रिजिगारमा बाढीले जाजरकोट–डोल्पा–भेरी करिडोर सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
यसैगरी सुदूरपश्चिम प्रदेशमा दार्चुलाको शैल्यशिखर नगरपालिका–०६ तेरछर्यालेकमा पहिरो जाँदा गोकुलेश्वर–दार्चुला सडक खण्ड पूर्ण रूपमा अवरुद्ध छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण